नेपाल हेल्थ न्युज, काठमाडौं । मानसिक स्वास्थ्यको महत्वबारे जनचेतना फैलाउन आज विश्वभर ‘विश्व मानसिक स्वास्थ्य दिवस’ मनाइएको छ। सन् १९९२ देखि हरेक वर्ष अक्टोबर १० तारिखका दिन यो दिवस मनाउने गरिन्छ, जसले मानसिक रूपमा सबल व्यक्ति नै समग्र रूपमा स्वस्थ हुन्छ भन्ने सन्देश दिन्छ।
दिवसको सन्देशले विशेष गरी प्राकृतिक विपद्, द्वन्द्व, महामारीजस्ता संकटमा परेका व्यक्तिहरूलाई समयमै मनोसामाजिक सहयोग र परामर्श आवश्यक हुने कुरामा जोड दिन्छ। यस्तो अवस्थामा व्यक्ति मात्र होइन, समुदायको पनि समुचित साथ आवश्यक हुने बताइएको छ।
संयुक्त राष्ट्रसंघले सरकार, गैरसरकारी संस्था, विद्यालय, स्वास्थ्यकर्मी, सामाजिक सेवाप्रदायक तथा समुदायका सबै तहका व्यक्तिहरू एकजुट भएर मानसिक स्वास्थ्य सबल बनाउने पहल गर्नुपर्नेमा जोड दिएको छ।
विश्व स्वास्थ्य संगठन ले पनि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न आफ्ना सदस्य राष्ट्रहरूलाई अनुरोध गरेको छ। मन स्वस्थ भए मात्र तन स्वस्थ हुन्छ भन्ने सन्देशमार्फत व्यक्तिको समग्र भलाइ सुनिश्चित गर्न यो दिवसले प्रेरणा दिने विश्वास गरिएको छ।
डा. केशर ढकालले सरकारी सेवाबाट लिए अवकाश
शुक्रबार, असार ५, २०८३
शिक्षण अस्पतालमा करार सेवाका लागि विभिन्न पदमा दरखास्त आह्वान
शुक्रबार, असार ५, २०८३
भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो
शुक्रबार, असार ५, २०८३
वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालयमा रूपान्तरण गर्न माग
शुक्रबार, असार ५, २०८३
