नेपाल हेल्थ न्युज, काठमाडौं । इजरायलमा हमासद्वारा अपहरणमा परेका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्षअघि नै हत्या भएको खुलेको छ इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्ट अनुसार विपिनको मृत्यु सन् २०२३ को अन्त्यतिर नै भएको पाइएको इजरायलस्थित नेपाली दूतावास स्रोतले जनाएको छ।
‘हमासले हस्तान्तरण गरेको शव विपिन जोशीकै भएको डीएनए परीक्षणबाट पुष्टि भयो। उनको मृत्यु प्राकृतिक नभई हत्या नै भएको रिपोर्ट प्राप्त भएको छ,’ स्रोतले अनलाइनखबरलाई उद्धृत गर्दै बताएको छ। विपिनको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीमार्फत सैनिक अस्पतालमा लगेर डीएनए परीक्षण गरिएको थियो।
यस विषयमा नेपाली दूतावासले औपचारिक जानकारी सार्वजनिक गरेको छैन। परराष्ट्र मन्त्रालयका अधिकारीहरूले समेत अहिलेसम्म आधिकारिक जानकारी नआएको बताएका छन्।
स्रोतका अनुसार, परराष्ट्र मन्त्रालयको जिम्मेवारी समेत सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीलाई यसबारे औपचारिक जानकारी गराइएपछि डीएनए परीक्षणको रिपोर्ट सार्वजनिक गर्ने तयारी भइरहेको छ।
कञ्चनपुरका विपिन जोशी अध्ययनको सिलसिलामा इजरायल पुगेका थिए । गत अक्टोबर ७, २०२३ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा उनी बन्धक बनाइएका थिए। सो आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। लगातार सम्पर्कविहीन रहेका विपिनबारे इजरायल र हमासबीचको युद्धविरामपछि मात्रै इजरायली सेनाले मंगलबार उनको मृत्युको औपचारिक पुष्टि गरेको हो। बन्दीहरू मुक्त गर्ने क्रममा हमासले विपिनको शव मंगलबार हस्तान्तरण गरेको थियो। विपिनको परिवार र सम्पूर्ण नेपाली समुदायका लागि यो समाचार अत्यन्त पीडादायी बनेको छ।
उच्च अदालतको फैसलापछि चिकित्सक संघको निर्वाचन प्रक्रिया खुला
बुधबार, चैत ११, २०८२
सञ्जीवनी टिचिङ हस्पिटलमा एमआरआई सेवा सुरु
बुधबार, चैत ११, २०८२
स्वास्थ्य मन्त्री डा. गौतमको अनौपचारिक विदाइ
बुधबार, चैत ११, २०८२
चिकित्सक टोली हिमालमा
बुधबार, चैत ११, २०८२
