नेपाल हेल्थ न्युज, वीरगन्ज । ७० औँ नेपाल प्रहरी दिवसको अवसरमा पर्सा जिल्लामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा र प्रदेश प्रहरी कार्यालय वीरगन्जको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा ६७ युनिट रगत संकलन गरिएको हो।
रक्त अभावमा पर्ने बिरामीहरूलाई सहायता पुर्याउने उद्देश्यले यो रक्तदान कार्यक्रम गरिएको आयोजकहरूले जनाएका छन्। कार्यक्रमको उद्घाटन नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्जका प्रमुख शान्तिराज कोइराला र जिल्ला प्रहरी प्रमुख सुदीपराज पाठकले रक्तदातालाई रक्त संकलन झोला (ब्लड ब्याग) हस्तान्तरण गरी गर्नुभएको थियो।
जिल्ला प्रहरी प्रमुख पाठकले प्रहरी दिवसको सन्दर्भमा विभिन्न सामाजिक कार्यहरू गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार, बुधबार धार्मिकस्थलहरूमा सरसफाइ गरिएको थियो भने आज रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो। भोलि प्रहरी दिवसको मुख्य कार्यक्रम आयोजना गरिने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो।
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त
बुधबार, साउन २०, २०८३
एक थोपा रगतले बच्न सक्छ जीवनः चिरायु अस्पताल र लायन्स क्लबको संयुक्त रक्तदान अभियान
बुधबार, साउन २०, २०८३
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
