नेपाल हेल्थ न्युज, मुम्बई । भारतीय फिल्म क्षेत्रमा दशकौंसम्म दर्शकको मन जित्दै आएका प्रख्यात अभिनेता असरानीको निधन भएको छ। ८४ वर्षको उमेरमा उनले मुम्बईको एक निजी अस्पतालमा अन्तिम सास लिएका हुन्।
असरानी केही दिनदेखि अस्वस्थ थिए र उपचारका लागि उनलाई जुहूस्थित आरोग्य निधि अस्पतालमा भर्ना गरिएको थियो। पारिवारिक स्रोतका अनुसार, उनी सोमबार दिउँसो करिब ३ बजेतिर संसारबाट बिदा भएका हुन्।
उनको दाहसंस्कार सान्ताक्रुजस्थित श्मशानघाटमा सम्पन्न गरिएको छ, जहाँ परिवारका सदस्य र केही नजिकका व्यक्तिहरू उपस्थित थिए। उनका निजी सचिव बाबुभाईका अनुसार, असरानी आफैंले आफ्नो मृत्युलाई लिएर सार्वजनिक हल्ला नहोस् भन्ने चाहना राखेका थिए, त्यसैले अन्त्येष्टि पश्चात मात्रै खबर सार्वजनिक गरिएको हो।
जीवन र चलचित्र यात्रा
१९४१ मा जयपुरमा जन्मिएका असरानीको वास्तविक नाम गोवर्धन असरानी हो। उनले आफ्नो करियरको सुरुवात थिएटरबाट गरे पनि छिट्टै बलिउडमा चर्चित हास्य कलाकारको रूपमा उदाए।
उनी शोले फिल्मका ब्रिटिश युगको जेलर पात्रका लागि अझै पनि चर्चित छन्। उक्त भूमिका तयारीका क्रममा उनले हिटलरका हाउभाउ र आवाजको अध्ययन गरेका थिए, जसले पात्रलाई अझै प्रभावशाली बनाएको थियो।
असरानीले आफ्नो लामो करियरमा राजेश खन्नासँग मात्र २५ भन्दा बढी फिल्महरूमा काम गरेका छन्। त्यस्तै, अमिताभ बच्चन, अक्षय कुमार, सलमान खानलगायतका ठूला कलाकारहरूसँग पनि उनले सहकार्य गरेका छन्।
“अभिमान”, “चुपके चुपके”, “छोटी सी बात”, “बावर्ची”, “बडीगार्ड”, “वेलकम”, “भूल भुलैया” लगायत थुप्रै सफल चलचित्रमा उनले अभिनय गरेका छन्।
अन्तिम उपस्थिति
असरानी सन् २०२३ मा ड्रीम गर्ल २ र ननस्टप धमाल मार्फत अन्तिम पटक पर्दामा देखिएका थिए। उनी ‘खल्ली-बली’ नामक आगामी फिल्ममा पनि देखिने तयारीमा थिए।
उच्च अदालतको फैसलापछि चिकित्सक संघको निर्वाचन प्रक्रिया खुला
बुधबार, चैत ११, २०८२
सञ्जीवनी टिचिङ हस्पिटलमा एमआरआई सेवा सुरु
बुधबार, चैत ११, २०८२
स्वास्थ्य मन्त्री डा. गौतमको अनौपचारिक विदाइ
बुधबार, चैत ११, २०८२
चिकित्सक टोली हिमालमा
बुधबार, चैत ११, २०८२
