नेपाल हेल्थ न्युज, काठमाडौं । टोखा नगरपालिका–५ बसुन्धारास्थित एक फार्मेसीबाट प्रहरीले मापदण्ड विपरीत बिक्री भइरहेका औषधिहरू बरामद गरेको छ।
प्रहरी वृत्त महाराजगञ्जको टोलीले प्राप्त सूचनाका आधारमा तक्षक फार्मेसीमा छापा मारेको हो। सो फार्मेसीमा चिकित्सकको अनुमति आवश्यक पर्ने औषधिहरू बिना प्रेस्क्रिप्सन बिक्री भइरहेको फेला परेको प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिनुभयो।
बरामद औषधिहरूमध्ये स्पेन लेखिएको ३८५ ट्याब्लेट, एन्टिकोफ लेखिएको ७५० ट्याब्लेट, प्रिगेबलिनका १०० ट्याब्लेट, प्रिगेबलिन क्याप्सुल एलपीका २०० क्याप्सुल र प्रिगेमर ७५ नामक १०० क्याप्सुल रहेका छन्।
प्रहरीका अनुसार सो फार्मेसी सङ्खुवासभा खादवारी नगरपालिका–८ निवासी ४० वर्षीय प्रकाश गौतमसहितका व्यक्तिहरूले सञ्चालन गरिरहेका थिए।
औषधि व्यवस्था विभागसँग समन्वयपछि ती औषधिहरू मापदण्ड विपरीत बिक्री गरिएको पुष्टि भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।
एक थोपा रगतले बच्न सक्छ जीवनः चिरायु अस्पताल र लायन्स क्लबको संयुक्त रक्तदान अभियान
बुधबार, साउन २०, २०८३
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
