मानसिक रोग कसरी चिन्न सकिन्छ ?
मानसिक रोग भनेको मस्तिष्क तथा मानसिक कार्यप्रणालीमा आउने असन्तुलन हो । यसले सोच, व्यवहार, भावना र दैनिक जीवनमा असर पु-याउँछ । यसलाई चिन्न, बुझ्न लक्षण राम्रोसँग केलाएर अध्ययन गर्नुपर्छ । लक्षण पहिचान गरेर उपचार सुरू गर्दा निको हुने सम्भावना धेरै हुन्छ ।
भावनात्मक लक्षण
- लामो समयसम्म उदासी, निराशा, र चिन्ता रहिरहनु
- अचानक क्रोध वा चिडचिडापन बढ्नु
- आफूमा आत्मविश्वास कमी हुनु
- कुनै कुरामा रमाइलो नलाग्नु
व्यवहारिक लक्षण
- दिनचर्या बिग्रिनु (जस्तै खाना नखानु, निद्रा नपुग्नु)
- काम वा पढाइमा ध्यान नजानु
- सामाजिक अलगता (मित्र, परिवारबाट टाढा हुनु)
- जोखिमपूर्ण व्यवहार वा हिंसात्मक व्यवहार देखिनु
शारीरिक लक्षण
- बारम्बार टाउको दुखाइ, पेट दुखाइ, वा अन्य शारीरिक समस्या जसको कुनै स्पष्ट कारण नदेखिनु
- शरीरको तौल अचानक बढ्नु वा घट्नु
- निद्रा समस्याहरू (जस्तैः निद्रा नआउने, धेरै सुत्ने)
साँच्चिकै गम्भीर लक्षण
- आत्महत्या गर्ने विचार आउनु
- वास्तविकता छुट्नु (भूत, आवाज सुन्नु, भ्रम)
- दीर्घकालीन मानसिक समस्या जसले दैनिक जीवनमा असर पार्छ ।
यी लक्षण २ हप्ता भन्दा लामो समय रह्यो भने मानसिक स्वास्थ्य विशेषज्ञसँग जाँच गर्न जरूरी हुन्छ । नियमित दिनचर्या, पर्याप्त निद्रा, पौष्टिक खाना, र सामाजिक सहयोग पनि उपयोगी हुन्छ । साथै परिवार वा साथीको सहयोगले मानसिक रोग चाँडो बुझ्न र उपचार गर्न सजिलो हुन्छ ।
साइकोसिस के हो, कसरी पहिचान गर्न सकिन्छ ?
साइकोसिस मस्तिष्कको खराबीका कारण देखिने गम्भीर मानसिक रोग हो । यसका लक्षणहरुमा
- दैनिक कामकाज छाड्ने
- जथाभावी व्यवहार गर्ने
- बिना कारण रिसाउने वा झर्किने
- समाजको मान्यता र नियमको कदर नगर्ने
- अरूलाई शत्रु ठान्ने वा अनावश्यक शंका गर्ने
- अरूले सुन्न नसक्ने आवाज सुन्ने (भ्रम)
- आफ्ना गलत व्यवहार स्वीकार्न असमर्थ हुने आदि
साइकोसिसको उपचार कसरी हुन्छ ?
यस्ता बिरामीलाई आफ्नो रोगको बोध हुँदैन । त्यसैले उनीहरू आफैँ उपचारमा आउँदैनन् । सम्भावित व्यक्तिलाई तुरून्त मानसिक स्वास्थ्य केन्द्रमा पु-याएर औषधि सुरू गर्नुपर्छ । जति चाँडो उपचार सुरू हुन्छ निको हुने सम्भावना त्यति नै बढी हुन्छ ।
डिप्रेसन कसरी चिन्ने ?
- मन निराश हुने
- अनावश्यक सोचाइको आवागमन
- उदास मन
- निष्क्रिय बस्ने
- कम बोल्ने वा नबोल्ने
- निद्रामा समस्या
- खानाको इच्छा नहुने
- टाउको, ढाड, पेट दुख्ने, कमजोरी अनुभव हुने,
- आत्महत्या गर्ने सोच आउने
डिप्रेसन भएकालाई तत्काल के गर्नुपर्छ ?
आत्महत्या गर्ने चाहना देखिएमा बिरामीमाथि विशेष ध्यान दिनुपर्छ । छिट्टै उपचार सुरू गरेर औषधि र मनोचिकित्सा दिनुपर्छ ।
छारे रोगबारे बताइदिनुस् न ?
यो मस्तिष्कमा विद्युतीय गतिविधिको असन्तुलनका कारण हुने रोग हो । यस्तो हुँदा अचानक मुर्छा पर्ने, लडेर चोटपटक लाग्ने, मुखबाट फिँज आउने, हातखुट्टा काम्ने, ओठ वा जिब्रो टोकिने, दिसापिसाब नियन्त्रण गुमाउने जस्ता समस्या देखिन्छन् ।
छारे रोगबारे समाजमा के भ्रम छ ?
धेरैले यसलाई लागोभागो सम्झन्छन् । तर यो पूर्ण रूपमा उपचार हुने रोग हो । समयमै उपचार नगरे मानसिक विकारसम्म हुनसक्छ ।
डस्सुस्त मनस्थिति भनेको के हो नि ?
यो बच्चाको शारीरिक र बौद्धिक विकास उमेरअनुसार नभएको अवस्था हो । यसमा
- सोच्ने क्षमता कम हुने
- हिँडडुल र बोल्न ढिलो हुने
- भाषाको विकास अधुरो हुने
- पढाइमा साथीसँग प्रतिस्पर्धा गर्न नसक्ने आदि ।
यसलाई कसरी रोकथाम गर्ने ?
गर्भावस्था र जन्मपश्चात् बच्चाको स्वास्थ्यमा ध्यान दिनुपर्छ । आवश्यक भए तालिम र विशेष शिक्षाको व्यवस्था गर्नुपर्छ ।
अत्यधिक चिन्ता भएको कसरी थाहा पाउने ?
अनावश्यक चिन्ता र डर, निद्रामा समस्या, धेरै सपना देख्नु, मन आत्तिनु, आफैँलाई रोग लागेको ठान्नु, बारम्बार अस्पताल धाउनु यसका मुख्य लक्षण हुन् ।
ब्रेन ट्यूमरः कारण संकेत, लक्षण र उपचार
आइतबार, कात्तिक २३, २०८२
ढाडको दुखाइमा म्यानुयल थेरापी
शुक्रबार, कात्तिक २१, २०८२
साहसबाट शुरु भएको यात्रा
बिहीबार, कात्तिक २०, २०८२
वीर अस्पतालमै जीवन अर्पण गरेका प्रा. डा. राजिव झा
मंगलबार, कात्तिक १८, २०८२
