नेपाल हेल्थ न्युज, काठमाडौं । हाल श्रम मन्त्रीका लागि सिफारिस गरिएका खगेन्द्र सुनारमाथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा मुद्दा दर्ता भएको पाइएको छ।
डा. सोजन सापकोटाले दायर गरेको जाहेरीका आधारमा सुनारसहित अन्य केही व्यक्तिमाथि सुर्खेत जिल्ला अदालतमा मुद्दा चलिरहेको छ। अदालतको अभिलेखअनुसार, उक्त मुद्दा नं. ०८१–७८–०००६३४ को रूपमा दर्ता गरिएको हो।
अदालतले सुनारका नाममा दुई चरणमा पक्राउ पुर्जी जारी गरेको थियो—पहिलो ७ दिनको र अर्को ३५ दिनको। तर, प्रहरी कार्यालयले अहिलेसम्म उक्त पुर्जी तामेलीबारे प्रतिवेदन पेश नगरेको अदालतले जनाएको छ। त्यसपछि अदालतले पुनः ताकेता पत्र पठाई सात दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ।
अदालतको पत्रमा भनिएको छ, “यदि तामेली गर्न असम्भव भएको हो भने त्यसको कारणसहित प्रतिवेदन पेश गर्न अनुरोध गरिएको छ।”
साउन महिनामा भएको घटनामा सुनारसहितको समूहले मेहेलकुना अस्पतालमा प्रवेश गरी अस्पतालको संरचनामा क्षति पुर्याएको र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार एवं हातपात गरेको आरोप छ।
एक थोपा रगतले बच्न सक्छ जीवनः चिरायु अस्पताल र लायन्स क्लबको संयुक्त रक्तदान अभियान
बुधबार, साउन २०, २०८३
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
