नेपाल हेल्थ न्युज, काठमाडौं । किष्ट अस्पतालमा एक गर्भवती महिलाको मृत्यु भएपछि आफन्त र अस्पतालबीच विवाद चर्किएको छ। अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै पीडित परिवार आक्रोशित भएका छन्।
घटना कात्तिक ७ गतेको हो। मृतकका आफन्तले अस्पतालको गलत उपचार र बेवास्ताका कारण ज्यान गएको दाबी गर्दै विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शन तीव्र हुने संकेत पाएपछि अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
प्रहरीले अस्पताललाई घेरेर सुरक्षा कडा पारेको छ भने बाहिर आफन्त र परिवारका सदस्यहरूको भीड देखिएको छ। आक्रोशित आफन्तहरूले हिजो केही तोडफोडसमेत गरेको बताइएको छ।
परिवारका अनुसार अस्पतालले अहिलेसम्म वार्ता वा स्पष्टीकरणका लागि सम्पर्क गरेको छैन। उनीहरूले घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्।
प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक थोपा रगतले बच्न सक्छ जीवनः चिरायु अस्पताल र लायन्स क्लबको संयुक्त रक्तदान अभियान
बुधबार, साउन २०, २०८३
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३ट्रेन्डिङ
