नेपाल हेल्थ न्युज, झापा । नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लाभर रगतको अभाव भएको जानकारी दिँदै व्यक्तिहरू र सङ्घसंस्थालाई रक्तदानमा सक्रिय हुन अपील गरेको छ। जिल्लाका छ वटा रक्तसञ्चार केन्द्रमा हाल करिब २०० पिन्ट मात्र रगत उपलब्ध रहेको छ।
सोसाइटीका अध्यक्ष लोकराज ढकालले भने, “अस्पतालमा दैनिक मिर्गौलाको डायलाइसिस र अन्य बिरामीको उपचारका लागि करिब एक सय पिन्ट रगत आवश्यक पर्छ। अहिले हाम्रो भण्डार दुई दिनका लागि मात्र पर्याप्त छ।”
अध्यक्ष ढकालका अनुसार दशैँ, तिहार, छठलगायत चाडपर्व र असोज १८ देखि २० गतेसम्म परेको वर्षा तथा विपद्का कारण नियमित रक्तदान कार्यक्रम सञ्चालन हुन सकेको थिएन, जसले गर्दा जिल्लामा रगतको माग उच्च भएको छ। उनले १८ वर्षमाथिका योग्य व्यक्तिलाई नजिकैका रक्तसञ्चार केन्द्रमा गई रक्तदान गर्न आग्रह गरे।
“रक्त माग्ने मात्र होइन, आफैं पनि दान गरौं। रगत लिन जाने बेला सम्भव भए दुई–तीन जना व्यक्ति लिएर जानु राम्रो हुन्छ। हामीसँग सबै रक्त समूहका हजारौँ दाताको सम्पर्क छ, जसलाई आवश्यक पर्दा तुरुन्त सम्पर्क गर्न सकिन्छ,” उनले भने।
उक्त कार्यक्रममा, ‘जेनजी’ कार्यक्रममा झापाबाट एक हजार ५०० पिन्ट रगत काठमाडौं पठाइएको पनि अध्यक्ष ढकालले जानकारी दिएका छन्।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
