नेपाल हेल्थ न्युज, काठमाडौं । किष्ट अस्पतालमा सुत्केरीको मृत्युपछि स्थिति तनावग्रस्त बनेको छ। मृतक महिलाका आफन्तहरूले अस्पतालको लापरवाहीको आरोप लगाउँदै तोडफोड गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा ल्याएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी चक्रराज जोशीका अनुसार, अस्पताल बाहिर करिब २५० जना मानिस जम्मा भएर आक्रोश व्यक्त गर्न थालेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो। “भीड नियन्त्रण बाहिर जान थालेपछि लाठीचार्ज र अश्रुग्यास प्रयोग गरिएको हो,” एसपी जोशीले जानकारी दिए।
उनका अनुसार अश्रुग्यास प्रहारपछि भीड तितरबितर भएको र केही मानिसहरू आसपासका गल्लीतर्फ भागेका थिए। घटनास्थलमा करिब २०० जना प्रहरी परिचालन गरिएको छ।
घटना खोटाङकी एक महिलाको सुत्केरी क्रममा मृत्यु भएपछि सुरु भएको हो। मृतकका आफन्तले अस्पतालले लापरवाही गरेकाले ज्यान गएको दाबी गर्दै विरोध प्रदर्शन गरेका थिए।
सुत्केरीको मृत्यु कात्तिक ७ गते भएको थियो। मृतकका आफन्त र अस्पताल प्रशासनबीच वार्ता जारी रहेको अस्पतालका एक कर्मचारीले जानकारी दिएका छन्।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
