नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन्। उनीहरू गएराति सिंगापुर एयरलाइन्सको उडानमार्फत् काठमाडौँबाट प्रस्थान गरेका हुन्।
सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा देउवा दम्पतीलाई ह्विलचेयरमा देखिएको थियो। उनीहरू विमानस्थलबाट सिधै अस्पतालतर्फ गएको स्रोतले जनाएको छ।
गत भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा देउवा दम्पतीमाथि बूढानीलकण्ठस्थित उनको निजी निवासमा आक्रमण भएको थियो। सो घटनामा देउवाको टाउको र घाँटीमा चोट लागेको थियो भने डा. आरजु राणासमेत घाइते भएकी थिइन्। नेपाली सेनाले तत्काल उद्धार गरी उनीहरूलाई उपचारका लागि लगिएको थियो।
आक्रमणपछिका केही सातासम्म देउवा दम्पती सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्। उनीहरू असोज २८ गते कांग्रेस केन्द्रीय समिति बैठकमा पहिलोपटक उपस्थित भएका थिए। त्यस अवसरमा देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
