नेपाल हेल्थ न्युज, सिड्नी । भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान श्रेयस अय्यर अस्ट्रेलियाविरुद्धको तेस्रो एक दिवसीय खेलको क्रममा चोटपटक परेर अस्पतालमा भर्ना भएका थिए। चिकित्सकका अनुसार उनको अवस्था अहिले स्थिर छ।
‘२५ अक्टोबरमा श्रेयर अय्यरलाई सिड्नीमा अस्ट्रेलियाविरुद्ध खेलिएको तेस्रो एक दिवसीय खेलका क्रममा मैदानमा फिल्डिङ गर्ने क्रममा बायाँ करङको मुनि चोट लागेको थियो ।
खेलको ३४ औं ओभरमा, अय्यरले एलेक्स क्यारीलाई आउट गर्न क्याच लिन दौडँदै गर्दा बायाँतर्फ लडेका थिए। मैदानमै प्राथमिक उपचार गरिएको भए पनि चोट गम्भीर भएपछि उनलाई थप जाँचका लागि अस्पताल लगिएको थियो। बीसीसीआईले जनाएको छ कि उनलाई स्प्लीनमा चोट लागेको पाइएको छ।
अय्यरको उपचार जारी रहेको र स्वास्थ्य स्थितिमा सुधार भइरहेको बीसीसीआईले जानकारी दिएको छ। हालसम्म उनको टोलीमा फिर्ता हुने बारे कुनै निश्चित जानकारी सार्वजनिक भएको छैन।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
