इन्डोभास्कुलर भनेको बिना चिरफार रगतको नलीबाट उपचार गर्ने प्रविधि हो । यसमा न्युरो, कार्डियो, एब्डोमिन, पेरिफेरल भास्कुलर डिजिजलगायतका विधा हुन्छन् । न्युरो सम्बन्धित इन्डोभास्कुलर सर्जरी गर्नेलाई न्युरो इन्टरभेन्सनिष्ट भनिन्छ । मैले गर्ने न्युरो इन्टभेन्सन हो । जसमा दिमागको रगतको नलीको समस्याको उपचार गरिन्छ । जस्तोः स्ट्रोक भएर रगतको नली बन्द भएमा त्यसलाई बिना चिरफार भित्र गएर रगतको नली खोलिन्छ ।
कहिलेकाँही रगतको नली फुटेर रक्तश्राव हुन्छ । त्यो फुटेको रगतको नलीलाई टाल्ने काम गर्दछौं । पहिलो कुरा त कसैलाई रोग नलागओस् भन्ने हुन्छ । कहिलेकाँही उच्च रक्तचाप नियन्त्रण नहुँदा अचानक रक्तश्राव हुनसक्छ । एन्युरिज, आर्टेरियो भेनस मालफर्मेसनको समस्या पहिला नै पत्ता लगाउन सकेमा ब्रेन ह्याम्रेज नै हुन पाउँदैन ।
रक्तश्रावको जोखिम बोकेका बिरामीहरुमा पहिल्यै पत्ता लगाउन सकेमा ब्रेन ह्याम्रेज हुन पाउँदैन । तर अचानक ब्रेन ह्याम्रेज भएर आउने कतिपय बिरामीहरुमा दिमागमा कस्तो प्रभाव पारिरहेको छ भन्ने हेर्नुपर्छ । ५० देखि ६० प्रतिशत बिरामीलाई शुरुमा ठूलो प्रभाव पारेको हुन्छ । तर न्युनतम प्रभाव पारेको अवस्थामा सिटी स्क्यान वा एमआरआई गरेर मस्तिष्क र रक्तचापको र कारण पत्ता लगाउनुपर्छ । त्यसपछि बिरामीलाई मनिटर गर्नुपर्छ ।
रक्तस्रावले फेरि पनि क्रिटिकल पार्न सक्छ । यसका लागि प्रेसर, दिमागको अवस्था, न्युरोलोजिकल अवस्थालाई ध्यानमा राख्नुपर्छ । मेरो भूमिका भनेको तपाईको रगतको नली फुलेर, फुटेर रक्तश्राव गरेको छ भने इमर्जेन्सी रुपमा टाल्ने हो । यदि तपाईंको दिमागमा रगत छरिएको ब्रेन हेमोरेइज भएको अवस्थामा एन्युरिजमका बिरामी हुने सम्भावना रहन्छ ।
उनीहरुलाई पहिला एन्युरिजमको अवस्था, प्रकार हेर्नुपर्छ । यदि फुटेर मस्तिष्कमा रक्तश्राव भएको अवस्थामा इमर्जेन्सी रुपमा टाल्छौं । एकपटक फुटेको एन्युरिजम फेरि फुट्यो भने झन् ज्यान लिएर जानसक्ने जोखिम हुन्छ । त्यो बेलामा आकस्मिक फुट्नबाट जोगाएमा पनि केही बिरामीको ज्यान जोगिन्छ ।
ब्रेन हेम्रेज हुँदा तपाईंको हातखुट्टा चलाउनसक्ने बोल्न सक्ने अवस्थामा भएमा एन्युरिजमको शल्यक्रिया गरेर बाँकी करिब सात आठ दिनमा तपाईंलाई हिँड्न सक्ने गरी घरमा पठाउन सक्छौं । यसलाई न्युरो इन्डोभास्कुलर उपचार अर्थात न्युरो इन्डो भास्कुलर सर्जरी भनिन्छ । जसमा कुनै चिरफार नगरीकन गरिन्छ । चिरफार गर्दा बिरामीले धेरै हस्पिटल बस्नुपर्छ । घाउ पाक्ने सम्भावना रहन्छ । संक्रमणको जोखिम हुन्छ ।
तर इन्डोभास्कुलर सर्जरीमा यो कुनै जोखिम हुँदैन । सात आठ दिनमा बिरामी घरमा राम्रो भएर फर्किनसक्छ ।
बिरामी कति समयभित्र आइसक्नुपर्छ ? भन्ने पनि प्रश्न उठ्न सक्छ । ब्रेन हेम्रेज हुँदा तीस देखि चालीस प्रतिशतको पहिलो पटकमै मृत्यु हुन्छ । करिब तीसदेखि चालीस प्रतिशत क्रिटिकल अवस्थामा हुन्छ । करिब २० प्रतिशतमा सामान्य टाउको दुखाई मात्र हुनसक्छ ।
क्रिटिकल अवस्थाका केही बिरामी त आफैं पनि ठिक भएर जान्छन् । त्यो समयमा फेरि फुटेन र रक्तश्राव नभएमा कतिपय बिरामी क्रिटिकल अवस्थामा पनि राम्रो भएको पाइन्छ । ति तीस चालीस प्रतिशत क्रिटिकल बिरामीमध्ये पच्चीस देखि तीस प्रतिशत निको भएर जान्छन् । बाँकी १० देखि २० प्रतिशत बिरामी खस्किदै जान्छन् ।
ब्रेनमा रगतको मात्रा धेरै, एन्युरिजम फेरि पनि फुट्नसक्ने अवस्था, सुगर, उच्चरक्तचाप, दम जस्ता रोग भएका बिरामीहरु खस्किदै जान्छन् । पहिलेदेखिको रोगले उनीहरुलाई समस्या गराउनसक्छ । कम उमेर भएका र अरु कुनै रोग नभएका बिरामीहरु करिब ९५ प्रतिशतदेखि ९९ प्रतिशतसम्म ब्रेन हेम्रेज भएपनि सुधार भएर जानसक्ने सम्भावना हुन्छ ।
ब्रेन ह्याम्रेज भएका बिरामीको २४ घण्टाभित्र राम्रोसँग उपचार पाएमा धेरै राम्रो हुन्छ । यदि त्यो अवस्था नभएमा शुरुको ३ दिनभित्र पुग्नुपर्छ । त्यसलाई सुनौलो समय भनिन्छ । ब्रेन ह्याम्रेज हुँदा सुन्निने क्रम ४ देखि ५ दिनबाट अलि बढ्छ । यसले नसा पनि खुम्च्याइदिनसक्छ र दिमागमा चाप पनि बढाउन सक्छ । त्यसैले २४ घण्टाभित्र पुग्दा धेरै नै राम्रो हुन्छ । जति सक्दो चाँडो उपचार भएमा त्यति राम्रो रिकभरी हुने सम्भावना हुन्छ । तर ३ दिनभन्दा ढिलो गर्न हुँदैन ।
स्केमिक स्ट्रोक (रगतको नली ब्लक भएर हुने समस्या) मासेकेन्डले पनि उपचार फरक पार्छ । समय बढ्दै जाँदा हरेक सेकेन्ड युरोन्सहरु सेकेन्ड मर्दै जान्छन् । एक मिनेटमा एक लाख भन्दा बढी न्युरोन्स मर्न सक्छन् । एकपटक मरेपछि फेरि फर्केर आउन सक्दैनन् । स्केमिक स्ट्रोकमा समय धेरै महत्वपूर्ण छ ।
करिब साँडे चार घण्टाभित्र आइपुगेमा त्यो बिरामीलाई इन्ट्राभेनस थ्रोम्बोलाइसिस औषधि दिएर पनि क्लट खुल्न सक्छ । दोस्रो रगतको थेग्लो जमेको अवस्थामा २४ घण्टाभित्र इन्डोभास्कुलर प्रविधिबाट रगतको थेग्लो निकालेमा रगत सुचारु गर्न सकिन्छ । तर रिसर्च र हामीले गरेको केस अनुसारसबैभन्दा फाइदा भनेको ६ देखि ८ घण्टाभित्र आइपुगेको बिरामीलाई राम्रो सफलता प्राप्त हुने गरेको छ ।
भिडियो हेर्नुहोस्
ब्रेन ट्यूमरः कारण संकेत, लक्षण र उपचार
आइतबार, कात्तिक २३, २०८२
ढाडको दुखाइमा म्यानुयल थेरापी
शुक्रबार, कात्तिक २१, २०८२
साहसबाट शुरु भएको यात्रा
बिहीबार, कात्तिक २०, २०८२
वीर अस्पतालमै जीवन अर्पण गरेका प्रा. डा. राजिव झा
मंगलबार, कात्तिक १८, २०८२
