तपाईं अहिले कस्तो जिम्मेवारीमा हुनुहुन्छ ?
म अहिले त्रिवि शिक्षण अस्पतालको न्युरो सर्जरी विभागको प्रमुख र एसोसिएट प्रोफेसरको हैसियतमा काम गरिरहेको छु । मेरो विशेषज्ञता इन्डोस्कोपिक र भास्कुलर न्युरो सर्जरीमा छ । हरेक दिन ओपिडी, इमर्जेन्सी, अपरेशन, र फोन परामर्शमार्फत बिरामीहरूको उपचार गर्छु । साथै हरेक वर्ष विभागबाट दुई जना नयाँ न्युरो सर्जन उत्पादन गर्ने हाम्रो शैक्षिक जिम्मेवारी पनि छ ।
अहिले विभागमा के–के आधुनिक प्रविधि र उपकरणहरू उपलब्ध छन् ?
हाम्रो विभागमा न्युरो नेभिगेसन, एक्सास्कोप, इन्डोस्कोप, श्भष्कक माइक्रोस्कोप, रोबोटिक माइक्रोस्कोप, ड्रिल, ऋग्क्ब्, न्युरो मोनिटरिङ जस्ता उपकरण उपलब्ध छन्। यीले हामीलाई उच्चस्तरीय सर्जरी गर्न सक्षम बनाउँछन्। अहिले हामी त्रिविमै फङ्सनल न्युरो सर्जरी सुरु गर्ने तयारीमा छौं, जसमा डीप ब्रेन स्टिमुलेसन (म्द्यक्) प्रविधिबाट पार्किन्सन, ट्रेमर, डिप्रेसन लगायतका न्युरोलोजिकल डिसअर्डरको उपचार सम्भव हुनेछ ।
तपाईंका अनुसार अब्बल न्युरो सर्जन बन्न के–के चाहिन्छ ?
सेवा भावना, नैतिकता, निरन्तर उपस्थिति—यी तीन कुरा सबैभन्दा महत्वपूर्ण छन् । सर्जिकल स्किलभन्दा पनि कुन बिरामीलाई अपरेशन गर्नुपर्छ र कुनलाई नगरे पनि हुन्छ भन्ने सही निर्णय लिन सक्नु इथिकल प्राक्टिसको मूल आधार हो । म शुरुवाती करिअरमा स्व. प्रा.डा. उपेन्द्र देवकोटासँग काम गर्ने सौभाग्य पाएको थिएँ । उहाँबाट मैले पेशागत इमान्दारी र बिरामीप्रतिको निःस्वार्थ सेवा सिकेँ ।
विभागमा अहिलेका मुख्य चुनौती के–के छन् ?
सबैभन्दा ठूलो समस्या संरचना र स्रोतको हो । हामीसँग केवल एकैवटा अपरेशन थियटर छ जुन २४ घण्टा चल्छ । दिनमा रुटिन र रातमा इमर्जेन्सी सर्जरी हुन्छ । दैनिक ४०–५० बिरामी आउँछन् । तर ८–१० जना बिरामीलाई सेवा दिन नसक्ने अवस्था छ । बेडको अभाव, स्टाफको सीमितता, अपरेशन थियटरको कमीलगायतका समस्याले बिरामीको जीवन जोखिममा पर्छ । न्युरो सर्जरी ढिलो गर्न मिल्दैन । त्यसैले संरचना विस्तार अपरिहार्य छ ।
समाधानका लागि तपाईंको सुझाव के हो?
अपरेशन थियटर थपिनुपर्छ । नयाँ भवन निर्माण गर्नुपर्छ र निजी–सरकारी सहकार्यबाट न्युरो सर्जरी सब–स्पेसलाईजेसन टिम बनाउनुपर्छ । राज्यको प्राथमिकता संरचना विस्तारमा हुनुपछ । डेडिकेटेड न्युरो सेन्टर बनेमा हामी अहिलेको भन्दा दोब्बर सेवा दिन सक्छौं ।
राष्ट्रिय न्युरो सेन्टरको योजना कस्तो छ ?
यो नेपालकै पहिलो समर्पित केन्द्र हुनेछ जहाँ न्युरो सर्जरी, न्युरो मेडिसिन, साइक्याट्री, रिह्याबिलिटेसन, बाल न्युरो सेवा, न्युरो इन्टरभेन्सन सबै एउटै छानामुनि हुनेछ । भारतको बैंगलोरस्थित नेशनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ एण्ड न्युरो साइन्सेस (निम्हान्स) मोडेलबाट प्रेरित यो केन्द्रमा १०० देखि ३०० बेडसम्मको क्षमता रहनेछ । सरकारले हाल डिपिआर र ईआईएका लागि ९० लाख बजेट छुट्याइसकेको छ । यो केवल अपरेशन सेन्टर मात्र होइन, सम्पूर्ण न्युरो साइन्स इकोसिस्टम हुनेछ ।
तपाईंको व्यक्तिगत यात्राबारे पनि सुन्न चाहन्छौं । न्युरो सर्जन बन्ने प्रेरणा कहाँबाट आयो ?
कक्षा १० मा पढ्दा अखबारमा प्रा.डा. उपेन्द्र देवकोटाले १२–१५ घण्टाको सफल न्युरो सर्जरी गर्नुभएको खबर पढेँ । त्यही बेला न्युरो सर्जन बन्ने सपना जगाएको थियो । साथीहरूका स्ल्याम बुकमा पनि मैले भविष्यको योजना ‘न्युरो सर्जन’ भनेर लेखेको थिएँ ।
तपाईंको बाल्यकाल र शिक्षा यात्रा कस्तो रह्यो ?
झापाको बिर्तामोडमा जन्मिएको हुँ । पाँचौं कक्षा देखि आठौंसम्म कन्काई बोर्डिङ स्कुलमा पढेँ । त्यसपछि काठमाडौंको सिद्धार्थ बनस्थली स्कुलमा स्कलरसिपमा कक्षा ९ र १० मा पढेँ । २०५१ सालमा एसएलसी दिएँ । आईएस्सीमा बोर्ड टप गरेर मदन भण्डारी स्मृति पुरस्कार पाएँ । त्यसपछि भारतमा एमबीबीएस र न्युरो सर्जरीको अध्ययन गरें ।
पारिवारिक पृष्ठभूमि कस्तो छ ?
म आठ दाजु–दिदीपछिको कान्छो हुँ । बुबा दाताराम सेंडाई अहिले ९१ वर्षको हुनुहुन्छ । उहाँले झापामा खेती गरेर हामीलाई हुर्काउनुभयो । आमा जमुनादेवी हो । उहाँको हृदयघातका कारण मेरो पढाइको क्रममा नै निधन भयो । म किसान परिवारमा हुर्केको मान्छे हुँ, खेतिपाती गरेको छु, माटोमा लटपटिएको छु, त्यसैले गरीब र तल्लो तहका मानिसहरूको जीवन बुझ्न मलाई सजिलो हुन्छ ।
तपाईंको दृष्टिमा न्युरो सर्जरीको भविष्य नेपालमा कस्तो देखिन्छ ?
यदि हामीले संरचना विस्तार, विशेषज्ञ टिम निर्माण, र अत्याधुनिक प्रविधिको उपयोगलाई प्राथमिकता दियौं भने नेपालमा न्युरो सर्जरीको स्तर दक्षिण एसियाकै अग्रणी बनाउन सकिन्छ । अब समय २४ घण्टा चल्ने एक थियटरमा सिमीत हुने होइन, समयमै सेवा दिने प्रणालीतर्फ जाने हो ।
ब्रेन ट्यूमरः कारण संकेत, लक्षण र उपचार
आइतबार, कात्तिक २३, २०८२
ढाडको दुखाइमा म्यानुयल थेरापी
शुक्रबार, कात्तिक २१, २०८२
साहसबाट शुरु भएको यात्रा
बिहीबार, कात्तिक २०, २०८२
वीर अस्पतालमै जीवन अर्पण गरेका प्रा. डा. राजिव झा
मंगलबार, कात्तिक १८, २०८२
