नेपाल हेल्थ न्युज, बुटवल । बुटवल–३ ज्योतिनगरका स्थायी बासिन्दा र नेकपा एमालेका केन्द्रीय सदस्य कमल गौतमको निधन भएको छ। उनी हाल नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्षसमेत थिए।
गौतमको निधन भैरहवास्थित विद्युत् प्राधिकरण कार्यालय अगाडि आयोजित विरोध कार्यक्रममा भएको हो। कार्यक्रममा उनी उद्योगहरूमा ट्रंकलाइन प्रयोगको विरोधमा मजदुरहरूको तर्फबाट भाषण दिँदै गर्दा बेहोस भएका थिए। तत्कालै अस्पताल लगिएका उनलाई मणिग्रामस्थित क्रिमसन अस्पतालमा चिकित्सकले हृदयघातका कारण मृत्यु भइसकेको घोषणा गरेका छन्।
२०५४ सालदेखि पार्टी र जिफन्टमा सक्रिय गौतमका दुई छोरा र श्रीमती रहेका छन् । उक्त विरोध प्रदर्शन उद्योगी र मजदुरहरूले संयुक्त रूपमा आयोजना गरेका थिए, जसमा बुटवल–भैरहवा कोरिडोरका १० उद्योगमा विद्युत् लाइन काटिएको विरोध गरिएको थियो।
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३ट्रेन्डिङ
२
