नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले डा. विश्वबन्धु बगालेलाई भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पदमा नियुक्त गर्ने निर्णय गरेको छ।
डा. बगाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा काम गर्नु भएको थियो र त्यसअघि गण्डकी प्रदेशको स्वास्थ्य सचिवको रुपमा सेवा पुर्याइसक्नुभएको थियो।
स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णयमार्फत डा. बगालेलाई भरतपुर अस्पताल पठाउने निर्णय गरेकी हुन्। मन्त्रालयका स्रोतका अनुसार, यो पद एघारौँ तहको हो।
यसअघि दशौँ तहका डा. कृष्णप्रसाद पौडेलले निमित्त मेसुको रूपमा काम गरिरहनु भएको थियो। नयाँ नियुक्तिको क्रममा डा. बगाले उक्त व्यवस्थापन जिम्मेवारी सम्हाल्नेछन् भने पुराना दशौँ तहका चिकित्सकहरू आफ्नो दरबन्दीमा कार्यरत रहनेछन्।
प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
आज विश्व मानसिक स्वास्थ्य दिवस: ‘जीवन्त अनुभवको सुनुवाइ, वास्तविक परिवर्तन’
शनिबार, असोज २४, २०८३
‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’
शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
शुक्रबार, असोज २३, २०८३
अनसनरत इन्टर्न डाक्टरसँग सरकारले गर्यो ३ बुँदे सहमति
शुक्रबार, असोज २३, २०८३
सिट र शुल्क तत्काल पुनरावलोकन गर्न निजी मेडिकल कलेज सञ्चालकको माग
शुक्रबार, असोज २३, २०८३ट्रेन्डिङ
