नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले संविधानमा प्रदत्त मौलिक अधिकारको कार्यान्वयन मार्फत सबै नागरिकका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्दै सुरक्षित नेपाल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले पछिल्लो समय देखिएका स्वास्थ्य चुनौती समाधान गर्न सबै क्षेत्र र सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको बताइन्।
मन्त्री मेहताले मानव, पशु र वातावरण बीच घनिष्ठ सम्बन्ध रहेको भन्दै प्रकृति र पशुपन्छी सुरक्षित नभएसम्म मानव स्वास्थ्य पूर्णरूपमा सुनिश्चित गर्न नसकिने जोड दिइन्।
उनले भने, “जनावर तथा पशुबाट मानवमा सर्ने रोगको जोखिम बढिरहेको छ। जलवायु परिवर्तनका कारण कीटजन्य रोग पनि तीव्र रूपमा फैलिँदैछन्।” यसैगरी वातावरणीय प्रदूषणले श्वासप्रश्वाससम्बन्धी समस्या, मुटु रोग र मस्तिष्काघातजस्ता गैरसंक्रामक रोग बढाइरहेको उनले उल्लेख गरिन्।
मन्त्री मेहताले ‘एन्टीमाइक्रोबियल’ औषधिको अत्यधिक र अनियमित प्रयोगले प्रतिजैविक प्रतिरोधको समस्या निम्त्याएको बताउँदै यसबारे सजग हुन आवश्यक रहेको पनि बताए।
रोगको सम्भावित जोखिम घटाउन उनले नागरिकलाई व्यक्तिगत सरसफाइमा ध्यान दिन, घरपालुवा जनावरलाई समयमै खोप लगाउन, स्वास्थ्यकर्मीको सल्लाहबिना एन्टीबायोटिक औषधि प्रयोग नगर्न र वातावरण सफा राख्न आह्वान गरिन्।
आज विश्व मानसिक स्वास्थ्य दिवस: ‘जीवन्त अनुभवको सुनुवाइ, वास्तविक परिवर्तन’
शनिबार, असोज २४, २०८३
‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’
शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
शुक्रबार, असोज २३, २०८३
अनसनरत इन्टर्न डाक्टरसँग सरकारले गर्यो ३ बुँदे सहमति
शुक्रबार, असोज २३, २०८३
