नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र भारतका लागि नेपाली राजदूत महामहिम नवीन श्रीवास्तव बीच आज मन्त्रालयमा सौहार्दपूर्ण शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
भेटवार्तामा नेपाल र भारतबीच ऐतिहासिक तथा प्रगाढ सम्बन्ध र स्वास्थ्य क्षेत्रमा जारी द्विपक्षीय सहकार्यका विभिन्न आयाममा गहन विचार-विमर्श भएको छ।
महामहिम राजदूत श्रीवास्तवले मन्त्री मेहतालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ, भने मन्त्री मेहताले स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा भारत सरकारको निरन्तर सहयोग र सद्भावप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।
साथै, राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सुदृढीकरण, विशिष्टीकृत उपचार केन्द्रहरूको स्थापना तथा समग्र स्वास्थ्य पूर्वाधार विकासमा आगामी दिनमा भारतीय सहयोगलाई अझ प्रभावकारी बनाउने विषयमा सकारात्मक छलफल भएको जानकारी दिइएको छ।
नेपाल–भारत स्वास्थ्य साझेदारीलाई अझ बलियो बनाउने यो भेटवार्ता दुवै पक्षबीचको मित्रवत सम्बन्ध र समन्वयको प्रतीक रहेको बताइएको छ।
आज विश्व मानसिक स्वास्थ्य दिवस: ‘जीवन्त अनुभवको सुनुवाइ, वास्तविक परिवर्तन’
शनिबार, असोज २४, २०८३
‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’
शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
शुक्रबार, असोज २३, २०८३
अनसनरत इन्टर्न डाक्टरसँग सरकारले गर्यो ३ बुँदे सहमति
शुक्रबार, असोज २३, २०८३
