नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयेससबीच भेटवार्ता भएको छ ।
स्वीटजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य सङ्गठनले आयोजना गरेको ७९औँ विश्व स्वास्थ्य सभाका क्रममा उहाँहरुबीच भेटवार्ता भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
मन्त्री मेहताले विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोससँगको भेट अत्यन्त फलदायी रहेको बताउनुभयो । भेटमा महानिर्देशक डा टेड्रोसेले विश्व स्वास्थ्य सङ्गठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध रहेको बताउनुभएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो ।
मन्त्री मेहताले सभामा नै यसअघि भारतीय र चिनियाँ समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । मन्त्री मेहता तीन सदस्यीय टोलीको नेतृत्व गर्दै सभामा भाग लिन जेनेभा जानुभएको हो । रासस
आज विश्व मानसिक स्वास्थ्य दिवस: ‘जीवन्त अनुभवको सुनुवाइ, वास्तविक परिवर्तन’
शनिबार, असोज २४, २०८३
‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’
शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
शुक्रबार, असोज २३, २०८३
अनसनरत इन्टर्न डाक्टरसँग सरकारले गर्यो ३ बुँदे सहमति
शुक्रबार, असोज २३, २०८३
