नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पदभार सम्हालेको १०० दिनभित्र स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार, सेवा विस्तार र डिजिटल प्रणाली विकासमा उल्लेख्य उपलब्धि हासिल भएको दाबी गर्नुभएको छ।
शनिबार सार्वजनिक गरिएको १०० दिने प्रगति विवरणअनुसार विपन्न नागरिकका लागि ‘निःशुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा ल्याइएको, २१७ अस्पताललाई आबद्ध गरी ३,२५५ निःशुल्क शय्या व्यवस्थापन गरिएको तथा २,२६२ जनाले सेवा लिएको जनाइएको छ।
त्यस्तै, प्रमुख संघीय अस्पतालमा एकीकृत ड्यासबोर्ड सञ्चालन, राष्ट्रिय स्वास्थ्य सूचना प्रणालीको मापदण्ड स्वीकृत, १४ संघीय अस्पतालमा जलन उपचार युनिट स्थापना, स्वास्थ्य बीमा सुधार, एकद्वार औषधि वितरण प्रणाली र नेपाल औषधि लिमिटेडसँग अत्यावश्यक औषधि खरिद सम्झौतालाई प्रमुख उपलब्धिका रूपमा उल्लेख गरिएको छ।
सचिवालयका अनुसार ९७७ नयाँ संघीय दरबन्दी थप गर्नुका साथै नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम तलब, इन्टर्न चिकित्सकको पारिश्रमिक र रात्रिकालीन ड्युटी भत्तामा समेत सुधार गरिएको जनाइएको छ ।
यस्तो छ २२ बुँदे उपलब्धि
मन्त्री मेहताको स्थलगत अनुगमन: कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी
आइतबार, असार २१, २०८३
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
आइतबार, असार २१, २०८३
बर्डफ्लुको समयमा कुखुराको मासु र अण्डा खान सुरक्षित छ ? यस्तो छ विज्ञको भनाइ
आइतबार, असार २१, २०८३
