नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा शिक्षा आयोगको बैठकले आयोगको कोष सञ्चालनका लागि तयार गरिएको कोष सञ्चालन कार्यविधि, २०८३ अनुमोदन गरेको छ।
बिहीबार सिंहदरबारमा आयोजित आयोगको २६औँ बैठकले उक्त कार्यविधिलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो। बैठकको अध्यक्षता आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले गरेका थिए।
बैठकमा आयोगका नवनियुक्त उपाध्यक्ष डा. देवेन्द्र खत्रीले कार्यविधि स्वीकृतिसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। छलफलपछि प्रस्तावलाई अनुमोदन गरिएको जनाइएको छ।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री, शिक्षा तथा खेलकुदमन्त्री, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार, आयोगका पूर्व उपाध्यक्ष, नेपाल चिकित्सक संघका अध्यक्ष, मेडिकल एण्ड डेन्टल एसोसिएसन अफ नेपालका अध्यक्ष, स्वास्थ्य तथा शिक्षा मन्त्रालयका सचिवहरू लगायत आयोगसँग सम्बन्धित विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
।
आज विश्व मानसिक स्वास्थ्य दिवस: ‘जीवन्त अनुभवको सुनुवाइ, वास्तविक परिवर्तन’
शनिबार, असोज २४, २०८३
‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’
शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
शुक्रबार, असोज २३, २०८३
अनसनरत इन्टर्न डाक्टरसँग सरकारले गर्यो ३ बुँदे सहमति
शुक्रबार, असोज २३, २०८३
