काठमाडौँ, १९ भदौ । डा. विकास जैसी स्वास्थ्य सेवाअन्तर्गत एघारौँ तहमा बढुवा हुनुभएको छ। लोक सेवा आयोगले खुलाएको आन्तरिक प्रतिस्पर्धाबाट स्वास्थ्य सेवा, मेडिसिन समूह, हेपाटोलोजी उपसमूहअन्तर्गत प्रमुख कन्सल्टेन्ट हेपाटोलोजिस्ट (फिजिसियन) पदमा जैसी बढुवा हुनुभएको छ।
यसैबीच, आयोगले मेडिकल अधिकृत पदका लागि लिखित परीक्षाबाट छनोट भई अन्तर्वार्ताका लागि योग्य ठहरिएका पाँच जना चिकित्सकको नाम अन्तर्वार्ता सूचीबाट हटाएको छ।
छात्रवृत्ति करारमा तोकिएको सेवा अवधि तथा अन्य सर्त पूरा नगरेको पाइएपछि आयोगले उनीहरूको दरखास्त तथा लिखित परीक्षा समेत बदर गर्दै अन्तर्वार्ताका लागि प्रकाशित सूचीबाट नाम हटाएको हो।
नाम हटाइने चिकित्सकहरूमा डा. अन्विति पराजुली, डा. आशुतोष झा, डा. संगीन छन्त्याल, डा. सागर विश्वकर्मा र डा. सुविदराज दाहाल रहेका छन्।
आयोगका अनुसार चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम २२ को उपनियम (५) मा छात्रवृत्तिमा मनोनयन भई अध्ययन गरेका व्यक्तिले कबुलियतनामा बमोजिम सेवा गरिरहेको अवस्थामा तोकिएको एक वर्षभन्दा बढी अवधि पूरा गरेपछि मात्रै लोक सेवा आयोग वा अन्य सरकारी संस्थाबाट लिइने परीक्षामा उम्मेदवार हुन सक्ने व्यवस्था छ।
तर, ती पाँच चिकित्सकले उक्त कानुनी व्यवस्थाअनुसार तोकिएको सर्त पूरा नगरेको पाइएपछि उनीहरूको उम्मेदवारी रद्द गरिएको आयोगले जनाएको छ।
आयोगले प्रकाशित गरेको सूचनामा कानुनी व्यवस्था पालना नगरेका कारण उनीहरूको नाम अन्तर्वार्ता सूचीबाट हटाइएको उल्लेख छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
शुक्रबार, असोज २३, २०८३
सर्पदंशका बिरामीको मृत्यु प्रकरण : जनकपुर अस्पतालका निर्देशक डा. सिंह मन्त्रालय तानिए
शुक्रबार, असोज २३, २०८३
‘खडेबाबा’ फ्याकल्टीमाथि सरकार कडा बन्दै, मेडिकल कलेजको निगरानी बढाइने
बिहीबार, असोज २२, २०८३
आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल
बिहीबार, असोज २२, २०८३
