नेपाल हेल्थ न्युज, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएपछि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय बनाइएको छ । स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परेमा १११५ नम्बरमा सम्पर्क पनि भनिएको छ ।
नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय बनाइएको हो ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्यसम्बन्धी सहायता उपलब्ध गराउने तयारी र समन्वयका लागि केन्द्र सक्रिय गरिएको जनाएको छ ।
मन्त्रालयले बूढीगण्डकी नदीसहित जोखिममा रहेका नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
साथै, जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान र सम्भावित विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, आकस्मिक उपचार वा अन्य स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परेमा निःशुल्क हटलाइन नम्बर १११५ नम्बरमा सम्पर्क गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।
नेपालमै उत्पादित कार–टी सेलबाट पहिलोपटक क्यान्सर बिरामीको उपचार
आइतबार, असोज २५, २०८३
आज विश्व मानसिक स्वास्थ्य दिवस: ‘जीवन्त अनुभवको सुनुवाइ, वास्तविक परिवर्तन’
शनिबार, असोज २४, २०८३
‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’
शनिबार, असोज २४, २०८३

