नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा नवीकरण गर्नुअघि परिवारका सबै सदस्यको केवाईसी विवरण अद्यावधिक गर्न अनिवार्य गरेको छ।
बोर्डले नवीकरण प्रक्रियालाई व्यवस्थित बनाउन यस्तो व्यवस्था लागू गरेको जनाएको छ। यससँगै हाललाई कनेक्ट आईपीएस, इसेवा तथा खल्ती लगायतका डिजिटल भुक्तानी माध्यमबाट सिधै स्वास्थ्य बीमा नवीकरण गर्ने सेवा अस्थायी रूपमा स्थगित गरिएको छ।
बोर्डले सम्पूर्ण बीमितहरूलाई स्वास्थ्य बीमा नवीकरण गर्नुअघि बोर्डको आधिकारिक एचआईबी ई-पोर्टलमा लगइन गरी आफ्नो पुरानो बीमा विवरण हेर्न तथा परिवारका सबै सदस्यको केवाईसी विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ।
परिवारका सबै सदस्यको केवाईसी अद्यावधिक गरेपछि मात्रै स्वास्थ्य बीमा नवीकरण प्रक्रिया अगाडि बढाउन सकिने बोर्डले स्पष्ट पारेको छ।
प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपाली चिकित्सक डा. प्रवेश दाहाललाई अमेरिकामा अन्तर्राष्ट्रिय ट्राभल अवार्ड
आइतबार, कात्तिक २९, २०८३
विश्व मधुमेह दिवसमा एभरेस्ट अस्पतालको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
आइतबार, कात्तिक २९, २०८३
मेट्रो ल्याब्सको एक महिनासम्म मेगा सामुदायिक मधुमेह निःशुल्क परीक्षण अभियान
आइतबार, कात्तिक २९, २०८३
युरोलोजिस्ट डा. सञ्जय खड्गीलाई अन्तर्राष्ट्रिय ‘डिस्टिङ्गुइस्ड करियर अवार्ड’
आइतबार, कात्तिक २९, २०८३ट्रेन्डिङ

