नेपाल हेल्थ न्युज, काठमाडौं । विश्व मधुमेह दिवसको अवसर पारेर एभरेस्ट अस्पतालले आयोजना गरेको मधुमेहसम्बन्धी विशेष स्वास्थ्य शिविर सम्पन्न भएको छ। सर्वसाधारणलाई लक्षित गरी शनिबार आयोजित शिविरमा मधुमेह रोगको पहिचान, रोकथाम तथा उपचारबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न निःशुल्क तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा प्रदान गरिएको थियो।
शिविरमा मधुमेहका बिरामी तथा मधुमेहको जोखिममा रहेका नागरिकलाई लक्षित गर्दै निःशुल्क फास्टिङ सुगर परीक्षण र विशेषज्ञ चिकित्सकमार्फत निःशुल्क ओपीडी परामर्श सेवा उपलब्ध गराइएको अस्पतालले जनाएको छ। साथै, अस्पतालको सूचीमा समावेश गरिएका केही अत्यावश्यक औषधिहरू पनि निःशुल्क वितरण गरिएको थियो।
त्यसैगरी, निःशुल्क सेवाको सूचीमा नपरेका अन्य औषधि तथा फास्टिङ सुगर परीक्षणबाहेकका प्रयोगशाला र स्वास्थ्य परीक्षणमा अस्पताल शुल्कतर्फ ३० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालले जानकारी दिएको छ।
अस्पतालका अनुसार मधुमेह दीर्घकालीन स्वास्थ्य समस्या भए पनि समयमै पहिचान, सन्तुलित खानपान, नियमित शारीरिक व्यायाम, स्वस्थ जीवनशैली र चिकित्सकको सल्लाहअनुसार उपचार गरेमा प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिन्छ।
मधुमेहसम्बन्धी जोखिम न्यूनीकरण, नियमित स्वास्थ्य परीक्षणको महत्त्वबारे जानकारी गराउने तथा रोगप्रति सर्वसाधारणलाई सचेत बनाउने उद्देश्यले शिविर आयोजना गरिएको अस्पतालले जनाएको छ।
नेपाली चिकित्सक डा. प्रवेश दाहाललाई अमेरिकामा अन्तर्राष्ट्रिय ट्राभल अवार्ड
आइतबार, कात्तिक २९, २०८३
मेट्रो ल्याब्सको एक महिनासम्म मेगा सामुदायिक मधुमेह निःशुल्क परीक्षण अभियान
आइतबार, कात्तिक २९, २०८३
स्वास्थ्य बीमा नवीकरणमा केवाईसी अद्यावधिक अनिवार्य
आइतबार, कात्तिक २९, २०८३

