नेपाल हेल्थ न्युज, भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेशलाई योगमय प्रदेश घोषणा गरिने बताउनुभएको छ।
डोलेश्वर मन्दिर पातञ्जल योग साधना केन्द्रको दोश्रो वार्षिकोत्सव कार्यक्रममा उनले प्रदेशका १३ जिल्लालाई योगमय बनाउन प्रदेश सरकारले कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो।
मुख्यमन्त्री थापाले भन्नुभयो, “योग साधना गर्ने पतञ्जली र जीवन विज्ञान सबैलाई केमा सहयोग आवश्यक छ, त्यो गर्न प्रदेश सरकार तयार छ। यो प्रदेशलाई योग साधना प्रदेश घोषणा गर्ने तयारीमा छौँ, त्यसका लागि तपाईंहरु लाग्नुस्।”
उहाँले सार्वजनिक भवन, विद्यालय, सामुदायिक भवनलगायतका क्षेत्रहरुमा विहानको समयमा योग साधना सञ्चालन गर्नु पर्ने आवश्यकता औँल्याउनुभयो।
मुख्यमन्त्री थापाले भन्नुभयो, “प्रदेश सरकारले यसवर्ष जनस्वास्थ्य कार्यालय मार्फत योगका लागि केही बजेट राखेका छौँ, तर त्यो बजेटबाट पातञ्जल योग, पतञ्जली योग, जीवन विज्ञानलगायत योगमा सक्रिय संस्थाहरुमार्फत योगको विकासका लागि खर्च गरिने छ ।” उहाँले डोलेश्वरमा धर्मशाला बनेपछि स्थायी रुपमा योग गर्न निकै सहज हुने बताउनुभयो।
रामजानकी पुस्तकालयको १६औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान र छात्रवृत्ति वितरण
सोमबार, कात्तिक ३०, २०८३
प्रजातन्त्रवादी चिकित्सक संघको अध्यक्षमा डा. कार्की मनोनीत
सोमबार, कात्तिक ३०, २०८३
सुत्नुअघि मोबाइलमा घण्टौँ रिल्स हेर्ने बानीले बिगार्छ निद्रा, यस्तो छ डब्लुएचओको सुझाव
सोमबार, कात्तिक ३०, २०८३
क्रायोलाइपोलाइसिसः जिद्दी बोसो हटाउने वैज्ञानिक प्रविधि
सोमबार, कात्तिक ३०, २०८३
