नेपाल हेल्थ न्युज, पोखरा । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले विभिन्न पदमा १६ जना कर्मचारी करार सेवामा पदपूर्ति गर्ने भएको छ। अस्पतालले योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गर्दै पदपूर्तिसम्बन्धी सूचना प्रकाशित गरेको हो।
अस्पतालले प्रकाशित गरेको सूचनाअनुसार स्टाफ नर्स (मुख्य सहायक) पदमा १० जना, रेडियोग्राफी टेक्निसियन (मुख्य सहायक) पदमा १ जना, ल्याब असिस्टेन्ट (सहायक) पदमा १ जना र अ.न.मी. (सहायक) पदमा ४ जना गरी कुल १६ जना कर्मचारी माग गरेको छ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजातसहित पोखरा विश्वविद्यालय शिक्षण अस्पताल, पोखरा–३०, खुदी, कास्कीमा आवेदन दिन सक्नेछन्। आवेदनका साथ शैक्षिक योग्यताका प्रमाणपत्र तथा लब्धाङ्कपत्र, सम्बन्धित परिषद्को अद्यावधिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, अनुभव तथा तालिमका प्रमाणपत्रको प्रतिलिपि र एक प्रति बायोडाटा पेस गर्नुपर्नेछ।
सूचनाअनुसार प्रत्येक पदका लागि लिखित परीक्षा दस्तुर १ हजार ९ सय रुपैयाँ तोकिएको छ। अस्पतालले लिखित परीक्षा २०८३ साल मंसिर २२ गते र प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता मंसिर २९ गते सञ्चालन गर्ने जनाएको छ। छनोट हुने कर्मचारीको तलब तथा सेवा सुविधा पोखरा विश्वविद्यालयको नियमानुसार हुने सूचनामा उल्लेख छ। थप जानकारीका लागि पोखरा विश्वविद्यालयको आधिकारिक वेबसाइट www.pu.edu.np हेर्न सकिनेछ।
स्वास्थ्य मन्त्रालयमा कर्मचारीको जिम्मेवारी हेरफेर, उपचारात्मक सेवा महाशाखामा डा. तिवारी
मंगलबार, मंसिर १, २०८३
चर्चित जेनजी युवा शान्तनु ढकालको दोस्रो जटिल शल्यक्रिया हुँदै
मंगलबार, मंसिर १, २०८३
ह्याम्स ग्रुप अटोमोबाइल क्षेत्रमा प्रवेश, क्यूजे मोटर्सको ब्रान्ड एम्बेसडर बने पारस खड्का
मंगलबार, मंसिर १, २०८३
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालनमा
मंगलबार, मंसिर १, २०८३
