नेभिगेशन

चर्चित जेनजी युवा शान्तनु ढकालको दोस्रो जटिल शल्यक्रिया हुँदै

नेपाल हेल्थ न्युज, काठमाडौं । चर्चित जेनजी युवा शान्तनु ढकालको दोस्रो ठूलो शल्यक्रिया हुन लागेको छ। उनको शल्यक्रिया करिब १२ घण्टासम्म चल्न सक्ने बताइएको छ।

यसैबीच, निकोलस भुसालले सामाजिक सञ्जालमार्फत ढकालको उपचारमा सरकारले पर्याप्त सहयोग नगरेको भन्दै दुःख व्यक्त गरेका छन्।

भुसालले लेखेका छन्, “नेपालमा हुने ठूला अपरेशनमध्ये एक, सरकारले सहयोग गर्छु भनेर पनि केही नगर्दा अत्यन्त दुःख लागेको छ। आज जसले चुनावमा आफ्नै गाडीमा राखेर घुम्यो, आज उही प्रधानमन्त्री हुँदा पनि भाइले उपचार पाएनन्।”

उनले ढकालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै परिवार र आफन्त मिलेर उपचारका लागि ऋणधन जुटाइरहेको समेत उल्लेख गरेका छन्। यता, सरकारी पक्षसँग बुझ्दा भने ढकालको उपचारमा सहयोग भइरहेको जानकारी प्राप्त भएको छ। ढकालको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट