नेभिगेशन

स्वास्थ्य मन्त्रालयमा कर्मचारीको जिम्मेवारी हेरफेर, उपचारात्मक सेवा महाशाखामा डा. तिवारी

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न महाशाखा तथा स्वास्थ्य संस्थाका प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ।

उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. पवनजंग रायमाझीलाई जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ। उहाँको स्थानमा वीर अस्पतालमा कार्यरत डा. श्रीराम तिवारी नियुक्त हुनुभएको  छ।

त्यस्तै, स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रको प्रमुखमा डा. अमृत पोखरेललाई जिम्मेवारी दिइएको छ। केन्द्रमा कार्यरत डा. हेमन्त ओझालाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र उक्त महाशाखाका डा.फणीन्द्र बराललाई कान्ति बाल अस्पतालमा सरुवा गरिएको छ।

यसैगरी, परिवार कल्याण महाशाखाकी शर्मिला दाहाललाई नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा र उक्त महाशाखाकी कविता अर्याललाई परिवार कल्याण महाशाखामा सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट