नेपाल हेल्थ न्युज, काठमाडौं। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) लाई आधुनिक प्रविधि र नयाँ आर्किटेक्चरमा आधारित बनाउँदै स्तरोन्नति गरी सञ्चालनमा ल्याएको छ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, सुरक्षित, व्यवस्थित तथा प्रविधिमैत्री बनाउने उद्देश्यले अद्यावधिक प्रणाली सञ्चालनमा ल्याइएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार नयाँ प्रणालीले स्वास्थ्य सेवा प्रदायक संस्थाबाट प्राप्त उपचारसम्बन्धी दाबीहरूको रुजु तथा मूल्याङ्कन प्रक्रियालाई छिटो, सहज र प्रभावकारी बनाउनेछ । यसले राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीसँग अन्तरआबद्धता कायम गरी बीमितको विवरणको वैधता र तथ्याङ्कको गुणस्तरसमेत सुधार गर्ने अपेक्षा गरिएको छ ।
अद्यावधिक प्रणालीमा दाबीसम्बन्धी त्रुटि तथा असामान्य विवरण पहिचान गर्न फ्ल्यागिङ प्रणाली, बीमितको अभिलेख खोजी तथा पहिचान र स्वास्थ्य सेवा प्रदायकको अवस्थासम्बन्धी विवरण अनुगमन गर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, नयाँ प्रणालीले सूचना सुरक्षालाई मजबुत बनाउनुका साथै प्रणालीको गति, कार्यसम्पादन क्षमता र विश्वसनीयता बढाउने बोर्डको विश्वास छ । आगामी दिनमा कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित प्रविधिको प्रयोग तथा विकासका लागि समेत यसले आधार तयार गर्ने बोर्डले जनाएको छ ।
स्वास्थ्य बीमा कार्यक्रमको डिजिटल रूपान्तरणलाई तीव्रता दिनुका साथै सेवा प्रवाहलाई सहज, पारदर्शी र नागरिकमैत्री बनाउने दिशामा नयाँ आईएमआईएस प्रणाली महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । बोर्डले प्रविधिको उपयोगमार्फत स्वास्थ्य बीमा सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ ।
शुल्क पुनरावलोकन नभएसम्म भर्ना नगर्ने निजी मेडिकल कलेजको चेतावनी
आइतबार, मंसिर ६, २०८३
डीआर कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुग्यो
आइतबार, मंसिर ६, २०८३
एमबीबीएस अध्ययनका लागि ९ विद्यार्थीलाई सुदूरपश्चिम सरकारले छात्रवृत्ति दिने
आइतबार, मंसिर ६, २०८३
दशौँ तहका दुई वरिष्ठ अधिकृतको सरुवा, को कहाँ सरुवा भयो?
आइतबार, मंसिर ६, २०८३
