नेभिगेशन

डीआर कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुग्यो

नेपाल हेल्थ न्युज, काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा फैलिएको इबोला भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुगेको छ । स्वास्थ्य अधिकारीहरूले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ११ हजार ६१३ जनामा संक्रमण पुष्टि भएको छ ।

तथ्यांकअनुसार संक्रमितमध्ये ५ हजार ६७८ जनाको मृत्यु भएको छ भने ३ हजार १४८ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यस्तै, १ हजार ७४३ जना उपचार तथा क्वारेन्टिनमा रहेका छन् ।

संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान तथा निगरानी गर्ने दर ८२.६ प्रतिशत रहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । हालसम्मको तथ्यांकअनुसार संक्रमणबाट मृत्यु हुने दर ४८.९ प्रतिशत पुगेको छ ।

गत मे १५ मा घोषणा गरिएको उक्त प्रकोप बुन्डिबुग्यो प्रजातिको इबोला भाइरसका कारण फैलिएको हो । यो डीआर कंगोमा हालसम्म देखिएको सबैभन्दा ठूलो र घातक इबोला प्रकोप बनेको छ ।

विश्वव्यापी रूपमा हेर्दा सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला महामारीपछि यो दोस्रो ठूलो प्रकोपका रूपमा रहेको छ । संक्रमण नियन्त्रण तथा थप फैलावट रोक्न संक्रमितको पहिचान, उपचार र उनीहरूको सम्पर्कमा आएका व्यक्तिको निगरानीलाई प्राथमिकता दिइएको छ । एजेन्सी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट