नेपाल हेल्थ न्युज, धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले शैक्षिक सत्र २०८३/८४ मा एमबीबीएस अध्ययन गर्न चाहने ९ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ। यसका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले योग्य तथा इच्छुक विद्यार्थीबाट आवेदन माग गरेको छ।
मन्त्रालयका अनुसार चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरेका र सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास गर्दै आएका विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिन पाउनेछन्।
एकीकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिका, २०७६ को छैटौँ संशोधनअनुसार कुल ९ सिटमध्ये ५ सिट खुला प्रतिस्पर्धाका आधारमा र बाँकी ४ सिट समावेशी समूहका लागि छुट्याइएको छ।
समावेशीतर्फ महिलाका लागि एक, आर्थिक रूपमा विपन्न खस आर्यका लागि एक, आदिवासी जनजातिका लागि एक र पिछडिएको क्षेत्रका विद्यार्थीका लागि एक सिट निर्धारण गरिएको छ।
छात्रवृत्तिका लागि छनोटमा पर्ने विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि तोकेको कुल शिक्षण शुल्क बराबरको रकम उपलब्ध गराइनेछ। उक्त रकम विद्यार्थीलाई एकैपटक नभई किस्ताबन्दीमा प्रदान गरिने मन्त्रालयले जनाएको छ।
शुल्क पुनरावलोकन नभएसम्म भर्ना नगर्ने निजी मेडिकल कलेजको चेतावनी
आइतबार, मंसिर ६, २०८३
डीआर कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुग्यो
आइतबार, मंसिर ६, २०८३
दशौँ तहका दुई वरिष्ठ अधिकृतको सरुवा, को कहाँ सरुवा भयो?
आइतबार, मंसिर ६, २०८३
स्वास्थ्य बीमा बोर्डले स्तरोन्नति गर्यो आईएमआईएस प्रणाली
आइतबार, मंसिर ६, २०८३
