नेपाल हेल्थ न्युज, काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नर्सिङ निर्देशकको जिम्मेवारी गंगा हुमागाईंले पाउनुभएको छ।
नर्सिङ क्षेत्रमा चार दशकभन्दा लामो अनुभव हासिल गर्नुभएकी हुमागाईंलाई अस्पतालले नयाँ जिम्मेवारीका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
अस्पतालले उहाँको लामो अनुभव, पेशाप्रतिको लगाव र कार्यक्षमताले नर्सिङ सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ।
साथै, उहाँको नेतृत्वमा बिरामीको हेरचाहको गुणस्तर अभिवृद्धि हुनुका साथै अस्पतालको सेवा प्रवाह र संस्थागत विकासमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
नर्सिङ सेवामा ४० वर्षभन्दा बढी समय बिताउनुभएकी हुमागाईंको अनुभवले अस्पतालको नर्सिङ व्यवस्थापनलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।अस्पतालले उहाँको आगामी कार्यकाल सफल, प्रभावकारी र उपलब्धिमूलक रहोस् भन्ने कामनासमेत गरेको छ।
सहमति कार्यान्वयन नभए २६औँ सत्याग्रह सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, मंसिर १०, २०८३
कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ खुल्यो, क-कसले भर्न पाउँछन् सेयर?
बिहीबार, मंसिर १०, २०८३
मेडिकल काउन्सिलका प्रमाणपत्र लिन प्यान र कर चुक्ता प्रमाणपत्र अनिवार्य
बिहीबार, मंसिर १०, २०८३
स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी
बिहीबार, मंसिर १०, २०८३
