विश्वमा हुने मृत्युको प्रमुख कारणमध्ये क्यान्सर एक हो । विश्व स्वास्थ्य संगठनले सन् २०१७ को फेबु्रअरीमा प्रकाशित गरेको तथ्यांकले विश्वमा हरेक वर्ष १ करोड ४० लाख क्यान्सरका नयाँ बिरामी थपिने देखाएको छ । यो अनुपातमा बढ्दै गएमा आगामी दुई दशकमा क्यान्सर बिरामीको संख्या ७० प्रतिशतले बढ्ने संगठनले अनुमान गरेको छ ।
संगठन भन्छ—सन् २०१५ मा क्यान्सरका कारण संसारभर ८८ लाख व्यक्तिको मृत्यु भएको भयो । विश्वस्तरमा ६ जनाको मृत्युमध्ये १ जनाको क्यान्सरका कारण ज्यान जाने गरेको छ ।
कम र मध्यम आयस्रोत भएका देशमा क्यान्सरका कारण लगभग ७० प्रतिशतको मृत्यु हुने गरेको छ ।
खानपान र व्यवहारसम्बन्धि ५ प्रमुख कारणबाट हुनसक्ने क्यान्सरबाट विश्वमा लगभग एक तिहाईको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको भनाइ छ । यसमा
१. उच्च वडीमास इन्डेक्स
२. फलफूल र तरकारीको कम सेवन
३. शारीरिक गतिविधिको कमी
४. धुम्रपानको प्रयोग
५. अल्कोहलको अत्यधिक सेवन
क्यान्सर गराउने प्रमुख जोखिम कारकका रुपमा चुरोट सेवनलाई लिइएको संठनले जनाएको छ ।
चुरोट सेवनका कारण हुने क्यान्सरबाट लगभग २२ प्रतिशतको मृत्यु हुने गरेको छ ।
निम्न तथा मध्यम देशहरुमा हेपाटाइटिस र मानव पेपिलोमा भाइरस (एचपिवी) संक्रमणका कारण हुने क्यान्सरबाट २५ प्रतिशतको मृत्यु हुन्छ ।
सन् २०१५ मा कम आयस्रोत भएका देशमा क्यान्सर डायग्नोसिसका लागि करिब ३५ प्रतिशत प्याथोलोजी सेवा उपलब्ध थियो । उच्च आयस्रोत भएका देशमध्ये ९० प्रतिशत भन्दा धेरै कम आयस्रोत भएका देशको ३० प्रतिशत भन्दा कम तुलनामा उपचार सेवा उपलब्ध छ ।
विश्वमा क्यान्सर उपचारमा धेरै खर्च बढिरहेको छ सन् २०१० मा विश्वस्तरमा क्यान्सरको उपचारमा करिब १.१६ ट्रिलियन अमेरिकी डलर खर्च भएको थियो ।
विश्वमा निम्न प्रकारका क्यान्सरले बर्षेनी धेरै मानिसको ज्यान लिइरहेको छ ।
क्यान्सर मृत्यु दर
फोक्सो १६ लाख ९० हजार
लिभर ७ लाख ८८ हजार
कोलोरेक्टल ७ लाख ७४ हजार
पेट ७ लाख ५४ हजार
स्तन ५लाख ७१ हजार
क्यान्सर हुने कारक तत्व
नर्मल सेलबाट ट्युमर सेलमा परिवर्तन भएर क्यान्सर मल्टिस्टेज प्रक्रियामा पुग्छ । क्यान्सर प्री—क्यान्सरसेलबाट म्यालिग्नेन्ट (घातक) ट्युमरमा परिवर्तन हुन्छ । यो परिवर्तन वंशाणुगत र बाहिरी एजेन्टको नतिजा हो । यस किसिमको क्यान्सर परिवर्तनमा फिजिकल, केमिकल र बायोलोजिकलजस्ता बाहिरी एजेन्टले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
अल्ट्राभ्वाइलेट र आयोनाइजिङ रेडिएसनले क्यान्सर गराउनसक्छ जसलाई फिजिकल कार्किनोजेन्स भनिन्छ ।
क्यान्सर गराउने केमिकल कार्किनोजेन्सअन्तर्गत चुरोटको धुवाँ, एफ्लोटोक्सिन (दुषित भोजन) र आर्सेनिक (दुषित पिउने पानी) मुख्य पर्छन् । त्यसैगरी बायोलोजिकल कार्किनोजेन्सअन्तर्गत भाइरस, ब्याक्टेरिया र परजीवी संक्रमणले क्यान्सर गराउनसक्छ ।
विश्व स्वास्थ्य संगठन, क्यान्सर रिसर्च एजेन्सी र अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान संस्थानहरुले क्यान्सरको कारक तत्वलाई वर्गिकरण गरेका छन् । शरीरमा क्यान्सर कोषको विकासमा उमेर अर्को महत्वपूर्ण कारक मानिएको छ । बढ्दो उमेरसँगै क्यान्सर नाटकीय रुपमा बढ्दै जान्छ र क्यान्सरको जोखिम बढ्छ ।
प्रमुख जोखिम कारक
संसारभर क्यान्सर गराउने प्रमुख कारकमा चुरोट सुर्तिको प्रयोग, जाँड रक्सीको अत्यधिक सेवन, अस्वस्थकर भोजन, शारीरिक निष्क्रियता प्रमुख मानिन्छ । नसर्ने रोग पनि क्यान्सरको जोखिम हो ।
कम र मध्यम आयश्रोत भएका देशहरुमा क्रोनिक संक्रमणले क्यान्सरको जोखिम बढाइरहेको छ ।
ग्लोबोक्यानको सन् २०१२ को तथ्यांकले क्यान्सर डाइग्नोसिसमध्ये १५ प्रतिशत क्यान्सरजन्य संक्रमणमा हेलिकोब्याक्टर पाइलोरी, मानव पपिलोमा भाइरस एचपीवी), हेपाटाइटिस बी, हेपाटाइटिस सी र एपस्टीबार भाइरस जिम्मेदार भएको उल्लेख गरेको छ ।
हेपाटाइटिस बी, सी र केही प्रकारका मानव पपिलोमा (एचपीवि) भाइरसले क्रमशः लिभर र पाठेघरको मुखको क्यान्सरको जोखिम बढाइरहेको छ ।
समयमा क्यान्सर पत्ता लगाएर उपचार गरेको अवस्थामा कतिपय क्यान्सर निको पार्न सकिन्छ ।
विश्वमा अहिले सबैभन्दा धेरै मान्छेलाई लाग्ने र मृत्यू हुने कारण फोक्सोको क्यान्सर देखिएको छ । यसको मुख्य कारण अत्यधिक चुरोटको सेवन हो । यद्यपी विश्वमा क्यान्सरबाट हुने ८० प्रतिशत मृत्यू चुरोट, बिँडी, खैनीलगायत सूर्तिजन्य पदार्थ मानिएको छ ।
क्यान्सर लागिसकेपछि विभिन्न तहको व्याख्या र विश्लेषण गरी बिरामीको मृत्यूको दिन गन्ने प्रचलन छ । तर क्यान्सरको शुरुको अवस्था वा क्यान्सर हुने संभावना भएका व्यक्तिलाई उपचार गर्दा यसको उपचार राम्रो र संभव देखिएको छ ।
क्यान्सर पत्ता लगाउन धेरै परीक्षण, धेरै आर्थिक भार पर्नसक्छ ।
विश्वमा अहिले स्तन, सर्भाइकल र ठूलो आन्द्राको क्यान्सरबारे शुरुको अवस्थामा स्क्रिनिङ गरेर कुनै लक्षण नदेखिँदै पत्ता लगाउने र क्यान्सर हुनबाट बचाउन सफल देखिएको छ ।
पुरुषलाई सताउने क्यान्सर
- फोक्सोको क्यान्सर
- आमाशयको क्यान्सर
- कलेजोको क्यान्सर
- ठूलो आन्द्रा (मलाशय)को क्यान्सर
- आहार नलीको क्यान्सर
- प्रोस्टेट क्यान्सर
- फोक्सोको क्यान्सर
- आमाशयको क्यान्सर
- ठूलो आन्द्रा (मलासय) क्यान्सर
- पाठेघर (गर्भाशय) मुखको क्यान्सर
- रक्त क्यान्सरवंशाणुगत हुने मुख्य क्यान्सर
- रेटिनो ब्लास्टोमा
- कोलोन क्यान्सर
- स्तन क्यान्सर
- ओभरियन क्यान्सर
- छाला आदि यस्ता क्यान्सरहरुमा वंशाणुगत जीन खराब भएपछि सन्तानमा देखिँदै जान्छन् । क्यान्सर भनेको कोषभित्र हुने परिवर्तन हो । शुरुको अवस्थामा कोषभित्र भएका परिवर्तन पत्ता लगाउन सकिँदैन । लक्षण नदेखिदै क्यान्सर पत्ता लगाउन सकेमा प्रभावकारी मानिन्छ । नियमित जाँचका क्रममा क्यान्सर पत्ता लगाउन सकिन्छ । तर शरीरमा क्यान्सरको लक्षण देखिदै गर्दा धामी झाँक्रीलाई विश्वास गरेर बस्ने, आफूखुशी विभिन्न औषधि खाएर बस्ने र पछि समस्याले निकास नपाएपछि मात्र जँचाउन आउने प्रचलनले क्यान्सर रोगबाट छुटकारा पाउन निकै मुस्किल पर्छ ।
- शरीरमा देखिने कुनै पनि प्रकारको गाँठागुठी
- शरीरका घाउखटिरा लामो समयसम्म निको नभएमा
- खोकी लागिरहने, स्वर भासिने
- खकारमा रगत देखिएमा
- बिनाकारण दुब्लाउँदै गएमा
- धेरै दिनदेखि जण्डिस निको नभएमा
- पेट फुल्ने, पेटमा पानी देखिने
- दिसा पिसाबमा रगत जाने, दिसा धेरै लाग्ने
- कब्जियतको समस्या
- शरीरमा भएको कोठीको आकार बढेमास्रोतःःविश्व स्वास्थ्य संगठन
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
स्वास्थ्य लेख
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२
हिजो शोषित नर्स, आज सांसद र स्वास्थ्य मन्त्री
सोमबार, चैत १६, २०८२ट्रेन्डिङ
