सामान्य स्वस्थ्य व्यक्तिको रक्तचाप १२०÷८० हुन्छ । तर शरीरको रक्तचाप निरन्तर १४०÷९० भन्दा बढी हुनुलाई उच्चरक्तचाप भएको बुझ्नुपर्छ । चिकित्सकीय भाषामा यसलाई हाइपरटेन्सन भनिन्छ । मिर्गौलाको रक्तचाप दीर्घायु रुपमा सन्तुलमा राख्न मुख्य भूमिका हुन्छ । मिर्गौैलाले लवण राम्ररी फ्याक्न नसकेको अवस्थामा रक्त चाप बढ्छ भने अनियन्त्रित उच्च रक्तचापका कारण मिर्गाैला पूर्ण रुपमा काम नगर्ने अवस्थामा पुग्छ । शरीरका अरु अंग प्रभाव पार्नअगावै हाइपरेन्सिव रेटिनोप्याथी सामान्यतया आँखाको फन्डोस्कोपिक जाँच गर्दा देखिनुपर्ने हुन्छ । ती परिवर्तनहरू रक्तचाप नियन्त्रणसँगै सूधार हुन्छ । अनियन्त्रित रक्तचापले हाइपरटेन्सिभ नेफ्रोक्लोरोसिस गर्दछ । यस्तो अवस्थामा मिर्गौलाबाट पिसाबमा प्रोटिन चुहिरहने कारण मिर्गौला र मुटु दुवैलाई कमजोर बनाउँदै लैजान्छ । ३० वर्षभन्दा कम उमेरका वा ५० वर्षभन्दा माथि उमेरका व्यक्तिलाई एकास्सी उच्च रक्तचाप देखा परेमा मिर्गौलामा जाने धमनीहरुमा समस्या हुने संभावना धेरै हुन्छ । मोटोपना भएका व्यक्तिमा रक्तचाप बढ्ने सम्भावना बढी हुन्छ । उच्च रक्तचाप हुनुमा धेरै कारण भयता पनि मिर्गौलाको कारणले रक्तचाप बढेमा प्रायजसो लक्षण नहुने भएता पनि बिहानीपख अनुहार सुन्निने, पिसाबको मात्रा कम हुने, पिसाबको रङ कालो चिया रङको हुने र पिसाबमा फीँज देखिन सक्छ । हिजोआज धेरै कम उमेरका ब्यक्तिमा उच्च रक्तचापका साथै मिर्गाैला फेल हुने गरेको हुनाले कम उमेरमा उच्च रक्तचापको समस्या देखिएमा कारण पत्ता लगाउन एकदमै जरुरी हुन्छ । कम उमेरमा उच्च रक्तचाप हुनुको पछाडि मिर्गौला रोग एउटा सबैभन्दा मुख्य कारण हुनसक्छ । त्यसैले कम उमेरमा उच्च रक्तचाप भएका व्यक्तिहरूको मिर्गौलाको परीक्षण गर्न एकदम आवश्यक छ ।
मधुमेह र मिर्गौला
मधुमेहले मिर्गौलाई निकै असर गर्छ । टाईप—१ र टाइप—२ गरी मधुमेहमध्ये टाइप—१ मधुमेह जन्मजात बच्चामा हुने समस्या हो । यस्तो मधुमेहमा इन्सुलिनको आवश्यकता पर्छ । टाइप—१ भएका मधुमेहीहरुमा १० देखि १५ वर्षको बीचमा कम्तिमा ४० प्रतिशत मिर्गौलामा असर पार्न सक्ने अध्ययनले देखाएको छ । टाइप—२ मधुमेह उमेर बढ्दै जाँदा देखिने समस्या हो । यसमा शुरुमा इन्सुलिन नचाहिन पनि सक्छ । यस प्रकारको
मधुमेहमा समस्या पहिचान हुन्जेलसम्म मिर्गौलालाई असर गरिसकेको हुन्छ । यसरी ४०—५० प्रतिशत टाइप—२ मधुमेहका बिरामीलाई मिर्गौलामा असर गर्नसक्छ । मधुमेह भएका सबै व्यक्तिको मिर्गौला विफल नभएपनि विभिन्न तह अनुसार मिर्गौलालाई असर गर्दै जान्छ ।
लामोसमयसम्म रगतमा ग्लुकोज उच्च तहमा रहँदा शरीरका विभिन्न मेटाबोलिक पाथ वे हरुलाई एक्टिभेट गर्छ । जस्तो—शरीरमा भएका प्रोटिनहरुमा गएर ग्लुकोज टाँसिन्छ । यसरी प्रोटिनसँग टाँसिएको ग्लुकोज फिल्टर हुँदैन र मिर्गौलामा जम्मा भएर बस्छ । त्यसपछि मिर्गौला फेल हुन थाल्छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
स्वास्थ्य लेख
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२
हिजो शोषित नर्स, आज सांसद र स्वास्थ्य मन्त्री
सोमबार, चैत १६, २०८२ट्रेन्डिङ
