नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगदानसम्बन्धि कानुन शुरु भएको करिब १ वर्ष भएको छ । विकसित मुलुकहरुमा मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगदानसम्बन्धि कानुन धेरै पहिला आइसकेको भएपनि विकासोन्मुख र अविकसित देशहरुमा शुरु भएको धेरै भएको छैन । वंगलादेशमा मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगदानसम्बन्धि कानुन आएको पनि धेरै भइसक्यो । तर नेपालमा अलि ढिला भएको देखिन्छ ।
संसारमा मानव अंग प्रत्यारोपण सर्जन नै मस्तिष्क मृत्युबाट हुने अंगदान सम्बन्धि कानुन ल्याउनमा सक्रिय भएको पाइन्छ । नेपालमा पनि डा.पुकार चन्द्र श्रेष्ठले मस्तिष्क मृत्युबाट हुने अंगदानसम्बन्धि कानुन ल्याउनमा धेरै मिहिनेत गर्नुभएको छ ।
मस्तिष्क मृत्युबाट अंगदान गर्न सकिने कानुन बनेपनि अहिले अपेक्षा गरेअनुरुप अंग प्राप्त हुन सकेको छैन । यसमा जनचेतनाको अभाव छ । त्यसैले समाजमा मस्तिष्क मृत्युको अंगदानसम्बन्धि विषयलाई व्यापक बनाउनुपर्छ । मस्तिष्क मृत्यु भनेको मृत्यु नै हो । यसरी मृत्युपछि जलेर वा गाडेर पञ्चतत्वमा मिल्ने अंगदान जति पुण्य अरु हुन सक्दैन ।
यसरी नष्ट हुने एउटा शरीरबाट प्रत्यारोपणका लागि निकालिने ८ वटा अंगले अरु ८ जना व्यक्तिलाई नयाँ जीवन दिन सकिन्छ भने यसमा किन संकोच मान्ने ।
मस्तिष्कघात र दुर्घटनामा परी टाउकोमा चोट लागेका, डुबेर अस्पतालमा आइपुगेका बिरामीहरुको मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगदान गर्न प्रेरित गर्नुपर्छ ।
मस्तिष्क मृत्यु भएका व्यक्तिको आफन्तहरुसँग कुरा गर्दा उनीहरुमा यसबारे ज्ञान नभएकाले बुझाउन र सम्झाउन अलि गारो छ । त्यसैले यसबारे पत्रपत्रिकाबाट व्यापक जनचेतना अभिबृद्धिको जरुरत छ भने मस्तिष्क मृत्यु भएपछि खेर जाने अंगले अंग फेल भएर मृत्यु कुरिरहेका व्यक्तिलाई कसरी बचाउन सकिन्छ भन्नेबारे टेलिसिरियल बनाएर हरेक व्यक्तिलाई अंगदानप्रति प्रेरित गर्नुपर्छ ।
हामीले मस्तिष्क मृत्यु भएको परिवारसँग कुरा गर्दा यसबारे अगाडि नै सुनेको अवस्था भएमा अंगदान गर्न त्यति संकोच मान्दैनन् ।
कुन अंग कति समयमा प्रत्यारोपण गर्ने
मस्तिष्क मृत्यु हुनासाथ जति सक्दो चाँडो अंग निकालिसक्नुपर्छ । अन्यथा अंगले काम गर्न सक्दैन । अंग निकाल्नुपूर्व रगतको परीक्षण गरी बिरामीमा क्रस म्याच गर्नुपर्छ । क्रस म्याच गर्दा मिल्ने व्यक्तिलाई मात्र अंग प्रत्यारोपण गर्नुपर्ने भएकाले दुवै पक्ष तयारी अवस्थामा रहनुपर्छ । शल्यक्रिया कक्ष अत्यन्तै राम्रो संक्रमण नहुने खालको हुनुपर्छ । अंग निकालेपछि स्पेशल आइस बक्समा राखेर प्रत्यारोपण गर्ने अस्पतालसम्म ल्याउनुपर्छ ।
मस्तिष्क मृत्यु भएको व्यक्तिबाट निकालिएको मिर्गौला २४ घण्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्छ । कलेजो प्याँक्रियाज १० देखि १२ घण्टाभित्र र मुटुको ४ घण्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्छ ।
नेपाल सरकारले मस्तिष्क मृत्यु भएको घोषणा भएका व्यक्तिको अंग निकाल्न, व्यवस्थापन गर्न र समन्वयात्मक भूमिका खेल्न भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई अक्तियारी दिएको छ । नियमावलीमा कुनैपनि व्यक्तिको मस्तिष्क मृत्युपश्चात् केन्द्रको समन्वय इकाइमा तत्काल सम्पर्क गरी आधिकारिक रेकर्ड अध्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ । अंगसम्बन्धि समस्या भएका व्यक्तिले पनि समन्वय इकाइमा आफ्नो समस्या दर्ता गराउनुपर्छ । यसैका आधारमा समन्वय इकाइले कुन प्रयोगकर्तासँग अंग मेल खान्छ उसैलाई प्राथमिकतामा राखी अंग निकाल्ने र प्रत्यारोपण गरिन्छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
स्पेशल स्टोरी
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२
हिजो शोषित नर्स, आज सांसद र स्वास्थ्य मन्त्री
सोमबार, चैत १६, २०८२ट्रेन्डिङ
