अहिलेको बढ्दो क्यान्सर समस्यामा रोकथाम तथा उपचारको भरपर्दो व्यवस्था हुन जरुरी छ । स्तन, पाठेघर र ठूलो आन्द्राको क्यान्सर जिनको आधारमा पहिला नै पत्ता लगाउन सकिन्छ ।
हामीले जिनको परीक्षण गरेर क्यान्सर हुने सम्भावना पत्ता लगाउन सक्छौं ।
स्तन, पाठेघर र ठूलो आन्द्राको क्यान्सर स्क्रिनिङ गरेर सजिलै पत्ता लगाउन सकिने क्यान्सरमा पर्छन् । धेरै चुरोट सेवन गर्ने व्यक्तिको फोक्सोको स्क्रिनिङ गरेर क्यान्सर भएनभएको पत्ता लगाउन सकिने कुरा पत्ता लागेको धेरै भएको छैन । चुरोट, सूर्ति र गुड्खा खाने हाम्रो जस्तो देशमा मुखको क्यान्सर पनि शुरुको अवस्थामा पत्ता लगाउन सकिन्छ ।
शरीरका कोषिकाहरु अनियन्त्रित भएर बढ्ने समस्या क्यान्सर भएकाले कोषिका बढ्ने क्रम कुनै न कुनै एक ठाँउबाट शुरु हुन्छ । यसरी क्यान्सरको समस्या भएपछि हामीले उपचार गर्दा रेडियोथेरापी र सर्जरीजस्ता लोकल उपचार अपनाउँदछौं । रेडियोथेरापी र सर्जरी गर्दा जुन ठाउँमा क्यान्सर भएको छ त्यस भागमा मात्र उपचार केन्द्रित हुन्छ । त्यसैले यो अगिल्लो स्टेजको क्यान्सरमा धेरै गयरिन्छ । तर किमो थेरापीबाट शरीरका हरेक भागमा भएको क्यान्सरको उपचार गरिन्छ ।
शरीरको एक अंगमा लागेको क्यान्सर शरीरका विभिन्न ठाउँमा फैलन्छ । त्यसैले लोकल अवस्थामा उपचार गर्न सकेको अवस्थामा यसको उपयोगिता धेरै हुन्छ । त्यसैले सर्जरी र रेडियोथेरापीको तुलनामा क्युरेटिभ उपचार किमोथेरापीले दिन सक्दैन ।
कतिपय क्यान्सरको उपचारका किमोथेरापीको जरुरत पर्छ । प्रायः यो थोरै क्यान्सरमा मात्र प्रयोग हुन्छ । जस्तोः रगतको क्यान्सरमा किमो लाभदायक हुन्छ ।
क्यान्सर के कारणले हुन्छ भन्ने अनुमान गर्न सकिदैन । यसमा जीवनशैलीको पनि महत्वपूर्ण भूमिका हुन्छ । क्यान्सर हुने सबैभन्दा ठूलो कारण चुरोट सेवन नै हो ।
रक्सीले पनि धेरै क्यान्सर गराउने जानकारी सन् २०१७ मा आएको छ ।
कम शारीरिक अभ्यास गर्नेलाई स्तन र ठूलो आन्द्राको क्यान्सर हुने सम्भावना बढी हुन्छ । वंशाणुगत क्यान्सर १० देखि १५ प्रतिशत मात्र हुन्छ ।
ओभरीको क्यान्सर वंशाणुगतबाट आउने धेरै सम्भावना हुन्छ । आफ्ना बुबाको दिदी बहिनी, आमाको दिदी बहिनीको छोराछोरी अर्थात एउटै परिवार भित्र स्तन र ओभरीको क्यान्सर भएमा वंशाणुगत आउने धेरै सम्भावना हुन्छ । फोक्सोको क्यान्सर वंशाणुगतमा जाने संभावना एकदमै कम हुन्छ । वंशाणुगत हुनेमा ओभरी, स्तन र ठूलो आन्द्राको क्यान्सर हो ।
स्तन क्यान्सरको स्क्रिनिङ गर्ने म्यामोग्राफी देशका धेरै ठाउँमा छैन । मेमोग्राफी रिपोर्ट गर्ने दक्ष एक्सपोर्टको पनि कमी छ । पाठेघरको मुखको क्यान्सर हेर्न प्यापस्मेयर गर्ने र माइक्रोस्कोपमा हेरेर पत्ता लगाउने ब्यक्ति ग्रामिण क्षेत्रमा छैनन् । त्यसैले जराबाट विकास हुनुपर्छ । ठूलो आन्द्राको लागि कोलोनोस्कोपी गर्नुपर्ने भएकाले यो गर्ने जनशक्ति र ठाउँको पर्याप्तता हुन जरुरी पर्छ ।
क्यान्सर पहिचान र उपचारमा देशको अर्थतन्त्र जोडिएकाले मुलुकमा क्यान्सर सचेतनाको जरुरत छ । समस्या आउन भन्दा अघि नै स्क्रिनिङमा जानुपर्ने चेतना बढाउनुपर्छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
स्पेशल स्टोरी
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२
हिजो शोषित नर्स, आज सांसद र स्वास्थ्य मन्त्री
सोमबार, चैत १६, २०८२ट्रेन्डिङ

